०४ साउन २०८३, सोमबार

बुटवलमा थपियो नयाँ पर्यटकीय गन्तव्य : ‘मिनी फेवा’ ताललाई व्यवस्थित गर्दै डुंगा सरर...

फागुन १६, २०७६
बुटवलमा थपियो नयाँ पर्यटकीय गन्तव्य : ‘मिनी फेवा’ ताललाई व्यवस्थित गर्दै डुंगा सरर...

सेमलारको बैठौलिया कपरकट्टीताल प्राकृत्तिक सिमसार हो । यो सुरुमा साथ बिघामा खुम्चिएको थियो । जब जनप्रतिनिधि चुनिए त्यसपछि यो सिमसार क्षेत्रको खोजी भयो र अहिले यो अवस्थामा पुगेको हो । 
तालमा डुङगाको शुभारम्भ मुख्यमन्त्री शंकर पोखरेलले गरे । 

अतिक्रमणमा परेको क्षेत्रलाई तालमा ल्याउनेदेखि सफा गरेर अहिले आकर्षक गन्तव्यका रुपमा विकास गरिएको छ । झण्डै दुई किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको  तालको गहिराई करिब पाँच मिटर छ । 
नील दहका नामले चिनिने र स्थानीय थारु समुदायले थकाइ मेट्नका लागि आएर बस्ने यो ताल क्षेत्र झण्डै सय वर्ष पुरानो मानिन्छ ।

ओझेलमा परेको यो ताललाई बुटवलमा जनप्रतिनिधि चुनिएपछि व्यवस्थित गरिएको हो । सिमसार क्षेत्रको यो ताललाई उपमहानगरपालिकाले बुटवलको अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्दै अहिले पर्यटकीय गन्तव्य बनाएको छ । 

उपमहानगरपालिकाका प्रवक्ता तथा अहिले ताल रहेको क्षेत्रका वडा अध्यक्ष रामप्रसाद रेग्मीका अनुसार उपमहानगरले यो ताललाई आर्थिक वर्ष २०७५/७६ को बजेटमा ताल संरक्षणका लागि ४० लाख रुपैयाँ छुट्याउँदै पहिलो कामको सुरुआत गरेको थियो । 

अहिले उपमहानगरले गुरुयोजनासहित थप कामका लागि प्रदेश र संघीय सरकारसंगसमेत आग्रह गरिएको बुटवलका प्रमुख सुवेदीको भनाइ छ । तालसँगै नजिकै रहेको नरेनापुर धाम परिसरलाई पनि जोडेर आकर्षक पर्यटकीय गन्तव्य बनाउने काम जारी रहेको सुवेदीको भनाइ छ । 

७ विगाहा बाट करिब २४ विगाहा क्षेत्रफलमा विकास गरिएको झण्डै डेढ किलोमिटर लामो ताललाई थप आकर्षक बनाउने गरी योजनाबद्ध कामको थालनी गरिएको उपमहानगरका प्रवक्ता तथा ताल रहेको वडाका अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए । 

एकीकृत सहरी विकास योजनामा यहाँको पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदाका क्षेत्र एवं कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गर्दै आकर्षक गन्तव्यका रुपमा विकास गर्न लागिएको प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए  ।

बुटवलका पर्यटकीय क्षेत्रका रुपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अगाडि बढाएको छ ।

यी सबै क्षेत्रलाई जोड्नेगरी बुटवलले बुटवल चक्रपथ निर्माणको काम तीव्र भइरहेको बताउँदै बुटवलका सहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले निजी क्षेत्रकोसमेत सहकार्यमा नयाँ कार्यक्रमको तयारी भइरहेको बताए  । 
 

salt training

कमेन्ट गर्नुहोस्