गायिका मेलिना राई र गायक समिर सिंगकको आवजमा 'पल्केर' बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा डीपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा एलिशा राई र किरण गुरुङ फिचर छन् ।
भिडियोमा किरणको एलिशासँग अफेयर देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् ।
केन्द्र लिम्बुले निर्माण गरेको भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ ।