×

NMB BANK
NIC ASIA

कृषि विकास बैंक र फोन पेबीच सम्झौता

फागुन २१, २०७६

NTC
Premier Steels

कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडबीच सम्झौता भएको छ ।

Muktinath Bank

सम्झौतासँगै फोन पेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाइल बैंकिङमार्फत लिन सकिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् ।


Advertisment
Nabil box
Kumari

सम्झौता पत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट ग्रूपका अध्यक्ष विश्वास ढकाल र  कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे ।

Vianet communication

५ दशकभन्दा बढी समयदेखि कृषि विकास र बैंकिङ सेवामा समर्पित कृषि विकास बैंक शहरदेखि ग्रामीण भेगसम्म बृहत शाखा सञ्जाल भएको बैंक हो । बैंकले २७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम टर्मिनल, ८५ हजार डेबिट कार्ड ग्राहक, २ लाख ३७ हजार मोबाइल बैंकिङ ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयबाट सरकारी कारोबार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवासहित सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका ९२ हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । फोन पेमा मासिक २ लाखभन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका ७ वटै प्रदेशमा पुगिसकेको छ ।

फोन पेमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३० लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् । 

बैंक र फोन पेबीच सम्झौताले नेपाल सरकारले अवलम्बन गरेको विद्युतीय माध्यमवाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने देखिन्छ । विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बैंकसँग खाता भएका ग्राहकले निश्चित छुट सुविधा पाउने बैंकका डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख बाशु अधिकारीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x