×

NIC ASIA

निकम्मा सरकार

कोरोनाको त्रासका बीच स्वास्थ्यमन्त्रीको आपत्तिजनक अभिव्यक्ति, भगवान भरोसामा जनता !

फागुन २७, २०७६

Prabhu Bank
NTC
Premier Steels

‘कोभिड– १९’ नाम दिइएको कोरोना भाइरसका कारण यतिबेला विश्व आक्रान्त बनिरहेको छ । १ सय १५ देशमा फैलिसकेको संक्रमणका कारण विश्वभर त्रास छ ।

Muktinath Bank

मानिसहरू आवत–जावत गर्न छाडेपछि, कतिपय अवस्थामा रोक लगाइएपछि अन्तर्राष्ट्रिय उडानहरू धमाधम रद्द हुँदैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार र राष्ट्रप्रमुखका भ्रमणहरू स्थगित भएका छन् । औपचारिक कार्यक्रमहरू रद्द भएका छन् । कोरोनाले विश्वमा आर्थिक मन्दीको अवस्था सिर्जना हुने लक्षण देखा परिसकेको छ ।


Advertisment
Nabil box
Kumari

कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको वुहानमा यसको संक्रमण क्रमशः घट्दै गइरहेको छ, तर युरोपसहित बाँकी विश्वमा फैलिने क्रममा छ ।

Vianet communication

संक्रमितको संख्या झण्डै १ लाख १५ हजार पुग्दा मृतकको संख्या ४ हजार नाघिसकेको छ । मंगलवार मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङले वुहानको अस्पताल निरीक्षण गरेका छन् । 

कोरोनाको संक्रमण फैलिएपछि चीनले एक सातामा हजार शय्याको अस्पताल निर्माण गर्‍यो, यो बाँकी विश्वका लागि उदाहरणीय काम थियो ।

रातारात करोडौं मास्क तयार गर्‍यो, शतर्कता अपनायो र क्षति न्यूनीकरण गर्‍यो । कोरोनाविरुद्ध सरकारले लिएको सावधानीका कारण चीनका अन्य शहरमा यसको संक्रमण त्यो ढंगले फैलिन पाएन ।

कोरोनाले आक्रान्त बनेको वुहानपनि क्रमशः सामान्य अवस्थातर्फ फर्किंदै छ । तर चिन्ता चीनबाट बाह्य विश्वमा फैलिएको छ ।

चीनको संक्रमण क्रमशः कम हुँदै गएपनि इरानदेखि इटलीसम्म यसको प्रभाव चिन्ताजनकरूपमा फैलिएको छ ।

अहिले नयाँ संक्रमण देखिनेमा इटाली सबैभन्दा अघि छ । इरान र दक्षिण कोरियामा पनि अवस्था नियन्त्रणमा आइसकेको छैन ।

स्थिति नियन्त्रणबाहिर गएपछि इटालीले देश पूरै लकडाउन गरेको छ । ६ करोडभन्दा बढी नागरिक घरभित्रै थुनिएका छन् । क्वारेन्टाइनबाट भाग्नेलाई ३ महिना जेल सजाय गर्ने चेतावनी सरकारले दिएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको उल्लेख गरिसकेको छ । कोरोनाको संक्रमणसँग जुध्ने पूर्वतयारीका लागि भन्दै संसद्‍मा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भयो, तर सरकारले कोरोना संक्रमणबाट हुनसक्ने क्षति कम गर्न पर्याप्त सावधानी अपनाएको छैन ।

यतिमात्र होइन विभागीय मन्त्रीले नै कोरोना संक्रमणको आशंका गरिएका कसैलाई पनि क्वारेन्टाइनमा राख्न सकिँदैन भन्ने अभिव्यक्ति दिएर आफ्नो निकम्मापन प्रदर्शन गरेका छन् । विपद्का बेला सरकारले खुट्टा लुलो पारेर जनतालाई आहत दिएको छ ।

रुखो स्वभावका मन्त्रीको आपत्तिजनक अभिव्यक्ति !

राष्ट्रिय युवासंघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मंगलवार मन्त्रालयमा स्वास्थ्य मन्त्री ढकालले भने– चीनबाट ल्याइएकालाई जस्तो व्यवस्था गर्न सरकारले सक्दैन, सेल्फ क्वारेन्टाइनमा बस्नुस् ।

के भनेका थिए मन्त्री ढकालले ?

"क्यारेन्टाइन भन्नेबित्तिकै मान्छेहरूले हिजो चीनबाट विद्यार्थी ल्याएजस्तै सरकारले गएर ल्याइदिने, सबै सरकारकै व्यवस्थापनमा बस्ने भन्ने कुरा नगरौं, अब सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । डब्लूएचओको एउटा मापदण्ड छ, त्यो मापदण्डभित्र बस्नुपर्‍यो । दिनैपिच्छे ज्वरो आको छ, छैन त्यो नाप्न त सकिहाल्छ । त्यसमा दूरी कति मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यहरूसँग कस्तो विहेभ गर्ने, के गर्ने, के नगर्ने त्यो एउटा प्रोटोकल हामीले तयार गरेका छौं, त्यसको आधारमा उहाँहरू बस्नुपर्छ । अब ज्वरो आयो, रुघाखोकी भो, त्यस्तो हो भने हामी अस्पतालमा परीक्षण गराउने व्यवस्था गर्छौं । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गराउनुपर्‍यो भने त्यसको जिम्माचाहिँ राज्यले लिने र राज्यले गर्छ । यो क्वारेन्टाइनमा बस्ने कुराका लागि चाहिँ हामीले पहिलेभन्दा प्रोटोकल चेन्ज गरेका छौं ।"

मन्त्रीको यो बोली नै नेपाल सरकारको आधिकारिक धारणा हो भने यो आपत्तिजनक विषय हो । अन्यथा यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीमाथि प्रधानमन्त्रीले एक्सन लिनुपर्छ । जनस्वास्थ्यमा यो हदसम्मको खेलबाड गर्न किमार्थ मिल्दैन । 

चरम घमण्डी स्वभावका मन्त्री ढकालको यो भनाइले कोरोनाको सन्त्रासमा रहेका नागरिकलाई थप आहत बनाएको छ । 

मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ– ‘जनताको करमा रजाइँ गरिरहेकाको गैरजिम्मेवार अभिव्यक्ति’ भनेर ।

मन्त्रीको भनाइलाई अनुशरण गरेर बिरामीहरू अब घरमै बस्नुपर्ने भयो । कोरोना पुष्टि हुने बेलासम्म अरू कति जनामा फैलिने हो, त्यसको लेखाजोखा कसले गर्ने ?

गतसाता संसद्‍मा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनै मन्त्री ढकालले भनेका थिए– ‘कोरोना भाइसर कस्तो भन्दा एक डाक्टरले भन्नुहुन्थ्यो– नपड्किएको एम्बुसजस्तो ! तपाईं हाम्रो परिवारमै छ कि, छिमेकमा छ कि, कहाँ आइपुग्यो भन्ने कुनै अनुमान नभएको, पड्किँदा बल्ल थाहा हुने ।’

मन्त्री ढकालको मंगलवारको अभिव्यक्तिले त्यो एम्बुस विस्फोट हुने अवस्थाको भयावहलाई नजरअन्दाज गरेको छ ।

कोरोना संक्रमणको आशंका भएकाहरू अब अस्पताल नगएर घरमै बस्ने हो भने जुनसुकै बेला विस्फोट हुने खतरा झन् बढेको छ । 

मन्त्रीको आजको अभिव्यक्ति त्यतिबेला बेला आएको भए स्वभाविक हुन्थ्यो, जतिबेला इरान वा इटालीको जस्तो अवस्थामा देश हुन्थ्यो, त्यतिबेला नागरिकले सहर्ष स्वीकार्थे पनि ।

नेपालको अहिलेको अवस्था फरक हो । कोरोना संक्रमण पुष्टि भएका एक मात्र व्यक्ति निको भइसकेको भनिएको छ, अन्यमा कोरोनाको संक्रमण पुष्टि भएको छैन ।

जनता कोरोनाको त्रासमा छन् । संक्रमणभन्दा मानसिक चिन्ताले खाइरहेको अवस्था छ । गर्न नसक्ने नै हो भनेपनि यतिबेला त मन्त्रीले भन्नुपर्थ्यो, ‘सरकार चाहिने यस्तै बेलामा हो । हामीले पूर्वतयारी गरिरहेका छौं । तपाईंहरू पनि सचेत हुनुस्, अप्ठ्यारो अवस्थामा सरकार छ ।’

अहिले जनताले खोजेको सरकारप्रतिको भरोशा हो, आत्मविश्वास हो । अप्ठ्यारो पर्दा सरकार छ है भन्ने विश्वास हो ।

सरकारले नसकेको दिन जनता आफैं तयार हुन्थे । स्वतस्फूर्तरूपमा सेल्फ क्वारेन्टाइनमा बस्थे पनि, जसरी अहिले इटालीको सिंगो जनसंख्या क्वारेन्टाइनमा छ ।

आजको दिनमा मन्त्रीको यो अभिव्यक्ति निकम्मापनको पराकाष्टा बाहेक अरू केही हुन सक्दैन । यसले त संक्रमितहरू पनि सरकारले केही गर्दैन भनेर अस्पताल नजाने खतरा बढेको छ ।

निकम्मा सरकार, भगवान भरोसामा जनताको जीवन !

मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा छन् । प्रधानमन्त्रीले कार्यबाहक नतोकेका कारण प्रधानमन्त्रीसँगै सिंगो देश बिरामी परेजस्तो देखिएको छ । 

विश्व कोरोनाले त्रस्त भइरहेको समयमा नेपालमा त्यससँग जुध्ने पूर्वतयारी निकै फितलो छ । कर्ममाण्डी र लापरवाहीपूर्ण सरकारको कार्यशैलीले कोरोनासँग सामना गर्ने ल्याकत राख्दैन ।

अहिलेसम्म कोरोनाको संक्रमण नफैलिनु नेपालका लागि सौभाग्य हो, अझै धेरै नागरिकले विश्वास गरेजस्तै ‘पशुपतिनाथको कृपा’ ।

औपचारिक रूपमा पुष्टि नभएपनि खुला सीमा र विमानस्थलको फितलो चेकजाँचका कारण नेपालमा पनि संक्रमित आएका हुनसक्ने भन्दै आमनागरिक त्रसित छन् ।

अस्पतालमा पुगेका बिरामी फरार हुने घटनाले उनीहरूले संक्रमण बाहिर फैलाएको आशंका आमजनताले गरिरहेका छन् । 

अर्कातर्फ कोरोनाको त्रासका कारण बजारमा कृत्रिम अभाव र कालोबजारी भइरहेको छ । सरकारप्रतिको भरोसा नभएका कारण जनताले खाद्यान्न तथा अत्यावश्यकीय सामग्री अतिरिक्त भण्डारण गर्न थालेका छन् ।

नाकाबन्दीको समयको झल्को दिनेगरी एलपी ग्यासका रित्ता सिलिण्डर लाइनमा देखिन थालेका छन् । सरकारले जनतालाई आश्वस्त तुल्याउन सकिरहेको छैन । 

मंगलवारको अभिव्यक्तिसँगै समाजिक सञ्जालमा त मन्त्री ढकालको राजीनामा माग्न शुरू भइसकेको छ, नेपालका मन्त्रीबाट त्यो स्तरको नैतिकताको अपेक्षा नगरौं ।

अहिलेलाई यति मात्र भनौं, जनताको स्वास्थ्यबारे यति हल्काफुल्का टिप्पणी गर्ने मन्त्रीलाई त्यो पद ओगटी राख्ने नैतिक अधिकार छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x