×

NMB BANK
NIC ASIA

पुलिस क्लब आहा राराको उपाधि नजीक

फागुन २८, २०७६

NTC
पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्रीस्टार र नेपाल पुलिस प्रतिस्पर्धा गर्दै । तस्वीरः राधिका कँडेल/रासस
Premier Steels

नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै पुलिस क्लब प्रतियोगिताको उपाधि नजीक पुगेको हो। 

Muktinath Bank

पुलिसले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भई अधिकांश समय खेलमा पकड जमाएको थियो। खेलको आठौँ मिनेटमा रवि पासवानको ‘क्रसपास’लाई सदुपयोग गर्दै पुलिसका भरत शाहले टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा एक शून्यले अग्रता लिएको पुलिसले खेलको ५१औँ मिनेटमा निरकुमार राईको गोलमार्फत अग्रता दोब्बर बनायो। राईले मैदानको दायाँ साइडबाट पहिलो बार च्यापेर प्रहार गरेको बल किपरले पञ्च गर्ने क्रममा पोष्टभित्र छिरेको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको ‘म्यान अफ दी म्याच’ घोषित राईले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। तेज तामाङले मैदानको करीब मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी क्षेत्रमा मिलाइदिएको पासलाई सदुपयोग गर्दै राईले गरेको प्रहारले जाली चुमेको थियो । 


Advertisment
Nabil box
Kumari

खेलमा साबिक विजेता थ्री स्टार क्लबले समेत गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन। शुरुदेखि नै पुलिसको आक्रामक प्रदर्शनका कारणले थ्री स्टार खेलमा लगातार दबाब परेको थियो। पुलिसका खेलाडीले तीव्र गतिमा छरितो प्रदर्शन गर्दैै विपक्षी टोलीलाई दबाब दिएका थिए। 

Vianet communication

पुलिसले क्याराभान गोल्डकपसहित हालसम्म छपटक आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ। २०५८ मा क्याराभानको उपाधि जितेको पुलिस हालसम्म १० पटक फाइनल प्रवेश गरेकामा पहिलो, छैटौँ, सातौँ, आठौँ र सोह्रौँ संस्करणको उपाधि जित्न सफल भएको छ। पुलिसले अब बिहीबार हुने मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लबबीचको खेलको विजेतासँग चैत १ गते उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ। 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x