पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
चैत ६, २०७६
पोखरा महानगरपालिका वडा १३ मा रहेको एक घरभित्रै चितुवा पसेको छ । चितुवाको आक्रमणबाट ३ जना सामान्य घाइते छन् ।
मियाँपाटनस्थित खगेन्द्रबहादुर गुरुङको घरभित्र बिहीबार बिहान ७ बजे चितुवा पसेपछि आतंक मच्चिएको थियो ।
चितुवा धपाउने क्रममा पोखरा १३, मियाँपाटनका ३० वर्षीय श्याम थापालाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले थापाको टाउको र हातमा चिथोरेको छ ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
चितुवाले सशस्त्र प्रहरीका हवल्दार ३६ वर्षीय फटिक मगर समेत सामान्य घाइते छन् ।
अफ ड्युटीमा रहेका हवल्दार मगर आफन्तको घरमा जाँदा त्यहाँ पुगेका थिए । उनलाई समेत चितुवाले शरीरका केही भागमा चिथोरेको छ ।
स्थानीयले चितुवालाई गुरुङको घरको बाथरुमभित्र थुनेपछि वन कार्यालय र प्रहरीलाई खबर गरिएको थियो ।
पछि वन कार्यालय अधिकृत रामजी श्रेष्ठ सहितको टोली पुगेको थियो ।
बाथरुममा थुनिएको चितुवालाई नियन्त्रण लिने क्रममा वन कार्यालय अधिकृत श्रेष्ठलाई समेत चितुवाले सामान्य चिथोर्न पुगेको थियो ।
कास्कीको छिमेकी जिल्ला तनहुँमा भने चितुवाले आतंक मच्याउने गरेको छ ।
गत माघ २३ मा पोखरा ३२, कोठेडाँडाकी ९ वर्षीया पूजा बिकलाई चितुवाले आक्रमण गरी मारेको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...