०५ साउन २०८३, मंगलबार

क्रिस्चियनलाई कोरोना नलाग्ने अफवाह फैलाउने पास्टर केशव आचार्य पोखराबाट पक्राउ

चैत ११, २०७६
क्रिस्चियनलाई कोरोना नलाग्ने अफवाह फैलाउने पास्टर केशव आचार्य पोखराबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले क्रिस्चियन धर्मावलम्बीलाई कोरोना भाइरसको संक्रमण नहुने भनेर अफवाह फैलाएको भन्दै पास्टर केशव आचार्यलाई पक्राउ गरेको छ ।

पोखरामा प्रशस्त कटनी मण्डली सञ्चालन गर्ने पास्टर आचार्यलाई पोखरा–२९ पावरहाउसबाट पक्राउ गरिएको हो ।

प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार केसीले संक्रामक रोगबारे अफवाह फैलाएकाले आचार्यलाई पक्राउ गरिएको बताए । आचार्यले भिडियो बनाउँदै प्रभू यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्ने गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्