२२ असार २०८३, सोमबार

विद्यार्थीले बनाए ‘स्मार्ट स्यानिटाइजर डिस्पेन्सर’

चैत १२, २०७६
विद्यार्थीले बनाए ‘स्मार्ट स्यानिटाइजर डिस्पेन्सर’

रुपन्देहीका विद्यार्थीहरुले स्मार्ट स्यानिटाइजर डिस्पेन्सरको निर्माण गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाममा सहयोग पुग्ने गरी पाँच जना विद्यार्थीहरुले स्वचालित स्मार्ट स्यानिटाइजर डिस्पेन्सर बनाएका हुन् । 

पाँच जना विद्यार्थीहरुले लामो मेहेनेतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफलतापूर्वक निर्माण गरिएको समूहका दिनेश ओलीले बताए । खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्वजनिक स्थानमा सचेतना जगाउँदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाइ राख्ने समेत जनाएका छन् ।

यस मेसिनमा भरिएको स्यानिटाइजर प्रयोग भए पश्चात् सकिएमा मेसिन सञ्चालन गर्ने अधिकृतलाई सकिएको सूूचना जान्छ । अधिकृत व्यक्तिले स्यानिटाईजर पुनःभर्नुपर्दछ । हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्नेगरी बनाइएको छ ।

ओलीसँगै दिनेश बस्याल, विवेक पौडेल, बसन्त पौडेल, सुजन पौडेल, टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपाने र ललित राहुल मगरले सेनिटाइजर डिस्पेन्सर बनाइका हुन् ।

सडकमा आवतजावत गर्ने र भीडभाडमा कोरोना संक्रमणबाट फैलिन सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्ने बुटवलको टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपानेले बताए ।

कोेरिया नेपाल इन्स्टिच्युट अफ टेक्निोलोजीका बिद्यार्थीहरुको समूूहले बनाएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफल परिक्षण समेत गरिएको छ । यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने दिनेश बस्यालले बताए ।

टेक जोन ट्रेर्डस बुटवलले साढे १ करोडको लगानीमा बुटवलमा रोवर्ट पार्टस्, ड्रोन पार्टस् तथा अन्य प्राजेक्टका लागि चाहिने सामग्री विक्री बितरण र आवश्यक अनुसन्धान समेत गरिरहेको डाइरेक्टर न्यौपानेले बताए ।  यसको मुल्य करिब ४०—५० हजारसम्म पर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्