×

NMB BANK
NIC ASIA

जुम्लाका २ सय ५३ को स्वाब सङ्कलन गरिने

चैत २४, २०७६

NTC
Premier Steels

भारत तथा तेस्रो मुलुकबाट आएका दुई सय ५३ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको छ ।

Muktinath Bank

यहाँको एक नगरपालिका र सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार पातारासीका २९, गुठीचौरका २२, चन्दननाथका २८, तातोपानीका १३ र तिलाका १७ को कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न थालिएको प्रजिअ दुर्गा बञ्जाडेले बताए ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी हिमाका ४५, कनकासुन्दरीका ४७ र सिञ्जा गाउँपालिकाका ५२ जनाको स्वाब सङ्कलन गर्न थालिएको हो । सङ्घीय सरकारअन्तर्गतको कोभिड–१९ सङ्कट व्यवस्थापन अप्रेशनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली आएर यही चैत २५ गते स्वाब सङ्कलन गर्ने तयारी गरिएको उनले बताए ।

Vianet communication

कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन गर्न जुम्लामा तीन स्थान तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका लागि जुम्ला विमानस्थलमा स्थान तोकिएको छ भने हिमा गाउँपालिकाका लागि देवारगाउँ खेलमैदान र कनकासुन्दरी तथा सिञ्जा गाउँपालिकाका लागि लासीपाटन चौरमा स्वाब सङ्कलन स्थान तोकिएको जनाइएको छ ।

प्रजिअ बञ्जाडेले भने, ‘भारत र तेस्रो मुलुकबाट भित्रिने सङ्ख्या धेरै भएकाले कोभिड–१९ का विषयमा जुम्ला उच्च जोखिममा छ भन्ने कुरा पटकपटक केन्द्रीय सरकारसँग जानकारी गरेपछि नेपालको परिवेशमा जुम्लालगायत अछाम र डोटीमा स्वाब सङ्कलनका लागि पहिलो प्रथामिकतामा परेका हुन् ।’

जुम्लाबाट पहिलोपटक तीनजनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाएकामा सबै प्रतिवेदन कोरोना नेगेटिभ आएको थियो भने दोस्रोपटक जुम्लाबाट कर्णाली प्रदेश अस्पतालमा छजनाको स्वाब पठाए पनि प्रतिवेदन नआएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए ।

प्रजिअ बञ्जाडेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको आज कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको उपस्थितिमा बैठक बसेको थियो ।

यसअघि कोभिड–१९ विरुद्ध गरेका कामका विषयमा समीक्षा गर्दै अब लकडाउन थप कडा गर्ने तयारी भएको छ । बिरामी बोक्ने यहाँका आठै स्थानीय तहमा सवारीसाधनको व्यवस्थापन गरिएको छ भने कोरोना सङ्क्रमित बिरामी बोक्ने छुट्टै एम्बुलेन्सको व्यवस्थापन गरेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x