×

NMB BANK
NIC ASIA

परदेशमा नेपालीको पीडा : कोठामा खाद्यान्न सकियो, अब के खाने ? दूतावासले फोन उठाउँदैन !

चैत २५, २०७६

NTC
Premier Steels

दैलेखको आठबीस नगरपालिका–९ का नमराज कठायत भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनालीको प्रिती बजारमा फसेका छन् ।

Muktinath Bank

दैनिक ज्यालामजदुरी गरेर कमाइ गर्न उनी गत फागुनमा त्यहाँ गए तर केही हप्तामै कोरोना भाइरस संक्रमण रोकथामका लागि भारत सरकारले लकडाउन गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनले उनको कमाइ रोकिएको छ । भारतीयले ज्यालादारीका मजदुरले आफ्नै देश जान दबाब दिइरहेका छन् । उनीसँग त्यहाँ १५ जनाभन्दा बढी नेपाली छन् ।


Advertisment
Nabil box
Kumari

पछिल्लो पटक भारत गएर कठायतले ८ दिन मात्रै काम गर्न पाए । जसबापत उनले ६ हजार ३०० रुपैयाँ कमाए । त्यहीँ कमाइले अहिले खाइरहेका छन् तर छिट्टै पैसा सकिएर भोकभोकै हुनुपर्ने पीडादायक अवस्थालाई उनले अनुमान गरिरहेका छन् । उनीसँग कुनै उपाय पनि छैन ।

Vianet communication

‘राम्रै आम्दानी भइरहेको थियो,’ लोकान्तरसँग कुराकानी गर्दै उनले भने, ‘भारत सरकारले लकडाउन गरेपछि न काम पाइएको छ, न त बाहिर निस्कन पाइएको छ ।’ उनी बसेको क्षेत्रमा ३०० भन्दा बढी नेपाली अलपत्र परेका कठायतले बताए ।

कालिकोटका धन शाहीले दुःखेसो पोखे, ‘हामीले काम गरेर नै खाने हो । ज्याला मजदुरी गर्न नपाएपछि के किन्नु, के खानु ?’ भारतीय नागरिकले नेपाल फर्कन दबाब दिइरहेको बताउँदै उनले गाडी नचलेका कारण नेपाल फर्कन समस्या भएको बताए ।

दैलेखका युवक थापासहित १० जनाको समूह विगत २ हप्तादेखि कोठामा नै बसिरहेको छ । ‘पहिले किनेको सामान खाएर सकिएको छ । अहिले पसल पनि कम खुल्छन् । कोठामा कमाएर राखेको पैसा सकिएको छ,’ लोकान्तरसँग गुनासो गर्दै उनले भने । कुल्लु मनालीमा कर्णालीका ४०० भन्दा बढी युवा रहेको उनले बताए ।

‘सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, कैलाली लगायतका जिल्लाबाट रोजगारीका लागि आएका सयौं युवा अलपत्र परेको अवस्था छ । कोठामा खाद्यान्नको सुको पनि छैन । बाहिर निस्कन सक्ने अवस्था झनै छैन,’ उनले भने, ‘कोरोनाभन्दा खान नपाई मरिने पो हो कि भन्ने चिन्ता यहाँका नेपालीमा छ । यसको समाधान कसले गरिदेला खै ?’

भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा समेत पटक–पटक फोन गरेको बताउँदै उनले भने, ‘मैले प्रत्येक दिन कम्तिमा १० पटक फोन गरिरहेको छु । राजदूतावासबाट न फोन फर्काइन्छ, न त फोन उठाउने र गुनासा सुन्ने काम हुन्छ । परदेशमा हामी नेपालीलाई किन आयौं जस्तो भइरहेको छ ।’

‘अब हामीलाई कर्णाली सरकारले हुन्छ वा नेपाल सरकारले हुन्छ, कि नेपाल फिर्ता गरिदेओस् कि हामीलाई खानाको व्यवस्था गरिदेओस्,’ थापाले भने ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले हिमाञ्चल प्रदेशमा रहेका कर्णालीका नागरिकको समस्या समाधान गर्न कूटनीतिक पहल गर्ने बताए । ‘लकडाउन भारतभर रहेका कारण उद्धार गर्न समस्या हुन्छ कि ? जो जहाँ छन्, त्यहीँ व्यवस्थापन गर्ने कुरा भारतसँग नेपाल सरकारले गरिरहेको छ,’ मन्त्री भण्डारीले भने, ‘उहाँहरूलाई अत्यावश्यक खानपिनको व्यवस्थापन गर्ने गरी प्रदेश सरकारले संघीय सरकारमार्फत कूटनीतिक पहल गर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x