
भोजपुरको हतुवागढी गाउँपालिकाले विभिन्न दीर्घरोगका कारण नियमित औषधि सेवन गरिरहेकालाई औषधि वितरण गरेको छ।
लकडाउनका कारण औषधि ल्याउनका लागि समस्यामा परेका करीब ८० बिरामीलाई सशुल्क औषधि वितरण गरिएको हो।
नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई समस्या हुने भएपछि केही दिनअघि गाउँपालिकाले त्यस्ता बिरामीले प्रयोग गरिरहेको औषधिको विवरण संकलन गरेर औषधि ल्याएको हो।
गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक मातृकाप्रसाद आचार्यलाई गाउँपालिकाले ‘भ्रमण अनुमति’ उपलब्ध गराई औषधि खरीद गर्ने जिम्मेवारी दिएको छ।