×

NMB BANK
NIC ASIA

एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्न अफर

बैशाख १०, २०७७

NTC
Premier Steels

एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने भएका छन् ।

Muktinath Bank

ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट लिमिटेडले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराउँदै आएको छ । यस योजना अन्तर्गत ग्राहकले मात्र रु ५ मा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन् । 


Advertisment
Nabil box
Kumari

शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स रु ५ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित भएको हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो ।

Vianet communication

एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो । यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७ दिनको लागि मान्य रहनेछ । विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स रु ५ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्छन् । 

ग्राहकले एस्ट्रिक्स९९८८एस्ट्रिक्स५५ह्यास वा एस्ट्रिक्स९९८८ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन । 

यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक रु २३० (कर सहित रु २९३.६९) मा सुचारु गर्न सक्छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x