१० साउन २०८३, आइतबार

एनआईसी एशिया बैंकका ग्राहकलाई अफरः आमाको मुख हेर्ने दिन अनलाइनबाट उपहार किन्दा १० प्रतिशत नगद फिर्ता

बैशाख १०, २०७७
एनआईसी एशिया बैंकका ग्राहकलाई अफरः आमाको मुख हेर्ने दिन अनलाइनबाट उपहार किन्दा १० प्रतिशत नगद फिर्ता

एनआईसी एशिया बैंकका ग्राहकले बिहीबार आमाको मुख हेर्ने दिन केक वा विभिन्न उपहार सामग्री अनलाइनबाट खरिद गरेमा १० प्रतिशत नगद फिर्ता पाउने छन्।

नगद फिर्ताको अधिकतम सिमा  ५ सय रुपैयाँ रहेको एनआईसीले बुधबार विज्ञप्ति मार्फत जनाएको छ।  ‘फुडमाण्डु, युजी केक र ग्यापु मार्केट प्लेसमार्फत उपलब्ध हुने केक तथा उपहार खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाबीच समझदारी भएको छ,’ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।    

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने छन्। लकडाउनको समयमा ग्राहकलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भनेर बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्