१० साउन २०८३, आइतबार

मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै औषधि

बैशाख १०, २०७७
मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै औषधि

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले घरमै बसेर विशेष छुटमा औषधि खरिद गर्न सक्ने भएका छन् । 
 
मेगाले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधि पु-याउने व्यवस्था मिलाएको हो। औषधि खरिदमा मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको बैकले विज्ञप्ति जारी गरेर जनाएकाे छ।

मेगा बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित केन फार्मेसीको ०१–४१०६८६०, ९८४९०९८०० मा फोन गरी वा केनको आधिकारिक फेसबुक पेजमा सन्देश पठाएर आफूलाई आवश्यक औषधि खरिद गर्न सक्नेछन्।

कोरोनाभाइरसका कारण जारी देशव्यापी लकडाउनका कारण औषधि खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै केन फार्मेसीसँग यो सम्झौता गरेको मेगा बैंकले जनाएको छ । घरमै बसेर बिना झन्झट औषधि खरिद गर्ने सुविधा उपभोग गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्