तनहुँमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
भानु नगरपालिका–१ भन्सारका १८ वर्षीय प्रवीण गुरुङ नाबरुङ खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने जानकारी दिए।
घटनाको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको हुन सक्ने देखिएकाले प्रहरीले थप अनुसन्धान थालेको छ। शव दमौली अस्पतालमा ल्याई राखिएको छ।