×

NMB BANK
NIC ASIA

रोजामा कोरोना भाइरस समाप्तिको प्रार्थना

बैशाख १३, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

नेपालगञ्जका मुसलमान समुदायले शनिवारदेखि शुरू भएको पवित्र पर्व रमजानको रोजामा कोरोना भाइसर समाप्तिको प्रार्थना गरेको छ ।

Muktinath Bank

रोजाका बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेकामा यस वर्ष कोभिड–१९ को संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण घरमा नै बसेर रोग समाप्तिको प्रार्थना गरिएको केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवं धर्मगुरु मौलाना अव्दुलजव्वार मञ्जरीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कोरोना भाइरस महामारीले लकडाउनका कारण देशमा बन्द छ नागरिक आआफनो घर बसिरहेका छन् । यस्तो अवस्थामा रमजानको रोजा पनि घरमै प्रार्थना गरेर शुरू भएको छ,’ धर्मगुरु मञ्जरीले भने, ‘कोरोना भाइरसका कारण परम्परागत धार्मिक तरिकाले मनाउन नपाइएकोले यो वर्ष रमजानको रोजामा कोरोना भाइरस अन्त्यको कामना गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार बन्दाबन्दीका कारण रमजानको रोजामा चाहिने खजूर बजारमा नपाइने भएकोले स्थानीयस्तरमा पाइने फल वा घरमा नै बनाइएको पकवानबाट रोजा खोल्न आग्रह गरिएको छ । १ महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बी उपवास बस्ने गर्छन् जसलाई ‘रोजा’ भनिन्छ ।

Vianet communication

अंग्रेजी पात्रोअनुसार रमजानको रोजा शनिवारदेखि शुरू भएको छ । इस्लामी पात्रो चन्द्रमाको गतिसँग सम्बन्धित तिथिमिति अनुसार तय हुन्छ । यसैले शाअबान महिना समाप्तिसँगै रमजान महिना शुरू हुँदा चन्द्रमा हेरेर रोजा शुरू गरिन्छ भने रमजान महिना समाप्तिको जानकारी पनि चन्द्रमा हेरेर नै हुन्छ ।

‘मानव जीवनलाई बचाउनका लागि सरकारले लकडाउनको समयलाई बढाएको छ तर दैनिक मजदूरी गरी परिवार पाल्नेलाई समस्या हुँदै गएको छ । यस्तो परिस्थितिमा समाजका सम्पन्न व्यक्तिले गरीबहरुलाई सहयोग गर्न अगाडि आउन जरुरी छ,’ अधिकारकर्मी आलम खान भन्छन्, ‘रमजानमा रोजा इफ्तार पार्टीमा खर्च हुने पैसालाई बचाएर विना भेदभाव विपन्न व्यक्तिलाई सहयोग गर्न जरुरी भएको छ ।’

मुसलमान समुदायको पवित्र पर्व रमजानका अवसरमा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, ५ पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने गरी व्यवस्था मिलाउन सार्वजनिक आग्रह समेत गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले रमजान पर्वका क्रममा हुन सक्ने पारिवारिक भेटघाटलाई पनि सीमा दूरी कायम गर्दै सचेतना अपनाउन आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x