×

NMB BANK
NIC ASIA

मानव धर्मको मानवीय सेवा : लकडाउनका बेला भोको पेटमा भोजन भर्दै

बैशाख २३, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा बिहान १० नबज्दै आश्रम अगाडि भोको पेटको लाइन देखिन्छ ।

Muktinath Bank

नेपाल मानव धर्म सेवा समिति श्री हंश सनातन मन्दिरले विपन्न तथा मजदुरलाई दैनिक भोजन उपलब्ध गराउन थालेपछि खाना खाने समयमा भोको पेटहरू खानाको पर्खाइ हुने गर्दछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेषगरी सेती नदी किनारमा बालुवा गिट्टी चालेर ज्याला मजदुरी गर्दै आएका विपन्न परिवार छन् । बन्दाबन्दीको कारण काम गरेर खान पाउने अवस्था नबन्दा उनीहरूको दैनिकी सहज हुन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

विपन्न परिवारको अवस्थालाई ध्यान दिएर आश्रमले वैशाख १५ गतेदेखि निरन्तर भोजन वितरण गर्न शुरू गरेको आश्रमका गण्डकी प्रदेश प्रभारी महात्मा पिताम्बरा बाइजीले जानकारी दिइन् ।

Vianet communication

उनका अनुसार भोजन वितरण कार्यका लागि हाल दैनिक २० जनाले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् । आश्रमले पोखराको रानीपौवामा र लेखनाथको सत्यलोक आश्रम पोखरा–२६ बाट दैनिक करीब २०० भन्दा बढीलाई खाना प्रदान गर्दै आएको छ । आश्रमका युथ विङ्स तथा कार्यक्रम संयोजक ओम उपाध्यायले भोजन कार्यक्रम पहिलो चरणमा वैशाख २५ गतेसम्म जारी रहने र त्यसपछि पनि लकडाउनको अवधि हेरेर निरन्तरता दिइने जानकारी दिए । उनका अनुसार भोजन हरेक दिन बिहान १० देखि १२ बजेसम्म उपलब्ध हुनेछ ।

कठिन अवस्थामा रहेका परिवारलाई घरमा नै खाना पुर्‍याउने कार्य समेत गरिँदै आएको उनले बताए । उपाध्यायले भने, ‘कठिन अवस्थामा एक मानव अर्को मानवको सेवामा जुट्नु नै सच्चा धर्म हो, विपद्को समयमा एकअर्काप्रति सद्भाव र सहिष्णु भएर सेवाकर्ममा निरन्तरता दिनुपर्छ ।’

पोखराको रामघाटमा बस्दै आएकी सेती विकले बिहानको छाक आश्रमबाट खाना लगेर खाने गरेको बताए । उनले भनिन्, ‘४ जनाको परिवार छौं, गिट्टी, बालुवा चालेर जीविकोपार्जन गथ्र्यौं, अहिले लकडाउनले काम गर्न पाएका छैनौं, दया धर्म हुनेहरूबाट जीवन चलिरहेको छ ।’ स्थानीय सरकारले दिएको राहतले बेलुकाको छाक पकाउँदै आएको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x