×

NMB BANK
NIC ASIA

जसले गर्छ पुनर्निर्माण, उसैलाई हाम्रो भोट !

कात्तिक २०, २०७४

NTC
Premier Steels
काभ्रे १२ वैशाख – स्थानीय तहको निर्वाचन नजिकिँदै गएपनि काभ्रेका गाउँ बस्तीहरूमा ठूलो उत्साह देखिएको छैन । भूकम्प गएको यत्तिका समय बितिसक्दा समेत गाउँ बनाउने योजना बोकेर कुनै राजनीतिक दल गाउँ नछिरेको प्रति सर्वसाधारण आक्रोशित छन् । चुनावको मुखमा आएर चुनावी भोट हत्याउन भूकम्पपीडितको नारा सबैले भजाइरहेका छन् ।
काभ्रे मन्डन देउपुरकी कृष्णमायाँ दनुवार हिजो भूकम्प जाँदा कसैले एउटा पाल वितरण गर्न नआएको गुनासो गरिन् । ‘बाटोमा देख्दा नबोली हिडने गाउँका नेता अहिले भोट माग्ने वहानामा नजिकिएका छन् । जुनै सरकार आए पनि हामिजस्तो पीडितलाई कसैले नहेर्ने रैछ’ उनले दुखेसो पोखिन् ।

सिंहदरवार र संसद् भवनमा भूकम्पपीडितका नाममा सत्ता राजनीतिको भयंकर टकराव चलिरहेका बेला भूकम्पले थिलथिलो बनेका बस्तीहरुमा भर्खर भर्रर काठ र ढुंगाका घरको जग बसाल्न शुरु भएको छ । निमार्ण सामाग्रीहरु महङ्गो भएपछि पीडितहरुले आफ्नै स्रोत र साधनले जे सकिन्छ तेस्तै घर वानाईरहेका छन् ।

काभ्रेको विकट क्षेत्र कोसीपारीका गाउँको चौँरीमा स्थानीय बासिन्दा पाल र गोठबाट नयाँ घरमा प्रवेश गर्दै थिए । अल्पसंख्यक ब्राह्मण् र तामाङ् समुदायको बसोबास रहेको कोसीपारी लगायतका साना बस्तीहरुमा भर्खर मात्र घरहरु ठडिँदैछन् । गाउँका भूकम्पपीडितका नाममा काठमाडौंमा भइरहेको राजनीतिक दाउँपेचबाट उनीहरु बेखबर छन् ।

घर आफैँ वनाउछाैं प्राविधिक पठाइदेऊ

काभ्रेको नयाँगाउँका स्थानीय भरत अधिकारी नयाँ घरको बनौट नियाल्दै थिए । राज्यले दिने भनेको दोस्रो किस्ता को २ लाख रुपैयाँ अनुदानको बाटो कुरेर बस्दा यो वर्षा पनि झरीमा भिजिने भन्दै आफ्नै सोचअनुसार भूकम्पले भत्काएकै ठाउँमा नयाँ घर बनाए ।

प्राविधिकहरुको सुझावअनुसार उनले जगदेखि तला छाप्ने ठाउँसम्म काठका चेपूवा राखेका छन् । ‘यो भूकम्प प्रतिरोधी घर हो । तर मापदण्डमा पर्छ कि पर्दैन र अनुदान पाइन्छ कि पाइँदैन थाहा छैन’ उनले लोकान्तरसँग भने ।

गाउँमा उनकै देखोसिकी गरेर अरुले पनि यस्तै घर बनाइरहेका छन् । त्यसो त नयाँगाउँ को तल्लो तटीय क्षेत्रमा बैशाखतिरै कतिपयले एक तल्ला ढुंगाको पर्खाल लगाएर काठै काठका घर बनाइसकेका छन् । सरकारले दिने भनेको अनुदान र सहुलियत ऋण लिएरमात्र घर बनाउन पर्खिने हो भने अझै एक वर्ष घर नबन्ने भएकाले पीडितहरु धमाधम आफ्नो आवास बनाउँदैछन् ।

हालसम्म पुनर्निर्माण प्राधिकरणले पीडितहरुसँग सम्झौता गरिसके पनि पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि सबै ठाउँमा पुग्न सकेको छैन । यस्तो अवस्थामा वर्षा अघि नै छानोमुनि बस्न पीडित आफैं जुटेका छन् । ‘आफ्नो घर आफैं बनाउने हो। सरकारले देला र वनाउला भन्दा त दसक नै वित्छ हामिलाई सरकारसँग भर छैन्’ उनले भने ।

भूकम्प पीडितको कष्ट र पीडा राजनीतिक दलका लागि गफगर्ने मेलो बनेको छ । पानी पर्ने सिजन सुरुभएपछि सरकारी अनुदानको प्रतीक्षामा बसेको पीडितहरु यसबर्षको बर्षा कसरी काटने भन्ने चिन्ताले पिरोलिएका छन् ।

जस्ले गाउँ बनाउँछ, उसैलाई भोट

स्थानीय चुनाव नजिकिदै गर्दा दुर्गम गाउँबस्तीमा भूकम्पको समयमा आफूहरुले राहात बाढेको भन्दै श्रेय लिनेको भीड छ । चुनाव नजिकिदै गर्दा गाउमा अहिले विभिन्न पार्टी तथा नेताहरुको आशवासन पत्याइनसक्नु कुरा छैन् । दलका नेताहरुले आफूले चुनाव जितेपछि घर समेत वनाईदिनो आश्वासन दिलाईरहेका छन् ।
भूकम्पपीडितको नाममा नक्कली पीडितहरु पनि सरकारी राहात कुम्लाउने दाउमा छन् । गाउँमा बसोबास नै नभएकाहरु पनि २ लाख अनुदान र ३ लाख निव्याजी ऋण पाइन्छ भनेर पीडितको सूचीमा बसेका छन् ।

भूकम्पपिडितहरु जस्ले गाउँ विकासको योजना ल्याउछ उसलाई योपटक मैका दिने योजनामा छन् ।

‘भूकम्पका वेलामा कसैले सहयोग गरेनन, चुनाप पछि चै केहि विकास होला कि भन्ने आश छ’ स्थानिय राजन पराजुली वताउछन् । पराजुली जस्तै भूकम्प पीडितहरु स्थानीय तहमा जनप्रतिनिधि आएमा पुननिर्माणको कामले गति लिने आशामा छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x