१२ असार २०८३, शुक्रबार

जसले गर्छ पुनर्निर्माण, उसैलाई हाम्रो भोट !

कात्तिक २०, २०७४
जसले गर्छ पुनर्निर्माण, उसैलाई हाम्रो भोट !
काभ्रे १२ वैशाख – स्थानीय तहको निर्वाचन नजिकिँदै गएपनि काभ्रेका गाउँ बस्तीहरूमा ठूलो उत्साह देखिएको छैन । भूकम्प गएको यत्तिका समय बितिसक्दा समेत गाउँ बनाउने योजना बोकेर कुनै राजनीतिक दल गाउँ नछिरेको प्रति सर्वसाधारण आक्रोशित छन् । चुनावको मुखमा आएर चुनावी भोट हत्याउन भूकम्पपीडितको नारा सबैले भजाइरहेका छन् ।
काभ्रे मन्डन देउपुरकी कृष्णमायाँ दनुवार हिजो भूकम्प जाँदा कसैले एउटा पाल वितरण गर्न नआएको गुनासो गरिन् । ‘बाटोमा देख्दा नबोली हिडने गाउँका नेता अहिले भोट माग्ने वहानामा नजिकिएका छन् । जुनै सरकार आए पनि हामिजस्तो पीडितलाई कसैले नहेर्ने रैछ’ उनले दुखेसो पोखिन् ।

सिंहदरवार र संसद् भवनमा भूकम्पपीडितका नाममा सत्ता राजनीतिको भयंकर टकराव चलिरहेका बेला भूकम्पले थिलथिलो बनेका बस्तीहरुमा भर्खर भर्रर काठ र ढुंगाका घरको जग बसाल्न शुरु भएको छ । निमार्ण सामाग्रीहरु महङ्गो भएपछि पीडितहरुले आफ्नै स्रोत र साधनले जे सकिन्छ तेस्तै घर वानाईरहेका छन् ।

काभ्रेको विकट क्षेत्र कोसीपारीका गाउँको चौँरीमा स्थानीय बासिन्दा पाल र गोठबाट नयाँ घरमा प्रवेश गर्दै थिए । अल्पसंख्यक ब्राह्मण् र तामाङ् समुदायको बसोबास रहेको कोसीपारी लगायतका साना बस्तीहरुमा भर्खर मात्र घरहरु ठडिँदैछन् । गाउँका भूकम्पपीडितका नाममा काठमाडौंमा भइरहेको राजनीतिक दाउँपेचबाट उनीहरु बेखबर छन् ।

घर आफैँ वनाउछाैं प्राविधिक पठाइदेऊ

काभ्रेको नयाँगाउँका स्थानीय भरत अधिकारी नयाँ घरको बनौट नियाल्दै थिए । राज्यले दिने भनेको दोस्रो किस्ता को २ लाख रुपैयाँ अनुदानको बाटो कुरेर बस्दा यो वर्षा पनि झरीमा भिजिने भन्दै आफ्नै सोचअनुसार भूकम्पले भत्काएकै ठाउँमा नयाँ घर बनाए ।

प्राविधिकहरुको सुझावअनुसार उनले जगदेखि तला छाप्ने ठाउँसम्म काठका चेपूवा राखेका छन् । ‘यो भूकम्प प्रतिरोधी घर हो । तर मापदण्डमा पर्छ कि पर्दैन र अनुदान पाइन्छ कि पाइँदैन थाहा छैन’ उनले लोकान्तरसँग भने ।

गाउँमा उनकै देखोसिकी गरेर अरुले पनि यस्तै घर बनाइरहेका छन् । त्यसो त नयाँगाउँ को तल्लो तटीय क्षेत्रमा बैशाखतिरै कतिपयले एक तल्ला ढुंगाको पर्खाल लगाएर काठै काठका घर बनाइसकेका छन् । सरकारले दिने भनेको अनुदान र सहुलियत ऋण लिएरमात्र घर बनाउन पर्खिने हो भने अझै एक वर्ष घर नबन्ने भएकाले पीडितहरु धमाधम आफ्नो आवास बनाउँदैछन् ।

हालसम्म पुनर्निर्माण प्राधिकरणले पीडितहरुसँग सम्झौता गरिसके पनि पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि सबै ठाउँमा पुग्न सकेको छैन । यस्तो अवस्थामा वर्षा अघि नै छानोमुनि बस्न पीडित आफैं जुटेका छन् । ‘आफ्नो घर आफैं बनाउने हो। सरकारले देला र वनाउला भन्दा त दसक नै वित्छ हामिलाई सरकारसँग भर छैन्’ उनले भने ।

भूकम्प पीडितको कष्ट र पीडा राजनीतिक दलका लागि गफगर्ने मेलो बनेको छ । पानी पर्ने सिजन सुरुभएपछि सरकारी अनुदानको प्रतीक्षामा बसेको पीडितहरु यसबर्षको बर्षा कसरी काटने भन्ने चिन्ताले पिरोलिएका छन् ।

जस्ले गाउँ बनाउँछ, उसैलाई भोट

स्थानीय चुनाव नजिकिदै गर्दा दुर्गम गाउँबस्तीमा भूकम्पको समयमा आफूहरुले राहात बाढेको भन्दै श्रेय लिनेको भीड छ । चुनाव नजिकिदै गर्दा गाउमा अहिले विभिन्न पार्टी तथा नेताहरुको आशवासन पत्याइनसक्नु कुरा छैन् । दलका नेताहरुले आफूले चुनाव जितेपछि घर समेत वनाईदिनो आश्वासन दिलाईरहेका छन् ।
भूकम्पपीडितको नाममा नक्कली पीडितहरु पनि सरकारी राहात कुम्लाउने दाउमा छन् । गाउँमा बसोबास नै नभएकाहरु पनि २ लाख अनुदान र ३ लाख निव्याजी ऋण पाइन्छ भनेर पीडितको सूचीमा बसेका छन् ।

भूकम्पपिडितहरु जस्ले गाउँ विकासको योजना ल्याउछ उसलाई योपटक मैका दिने योजनामा छन् ।

‘भूकम्पका वेलामा कसैले सहयोग गरेनन, चुनाप पछि चै केहि विकास होला कि भन्ने आश छ’ स्थानिय राजन पराजुली वताउछन् । पराजुली जस्तै भूकम्प पीडितहरु स्थानीय तहमा जनप्रतिनिधि आएमा पुननिर्माणको कामले गति लिने आशामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्