असोज १९, २०८१
विसं २०७२ सालको त्रासदीपूर्ण भूकम्पपछि समरिटन्स पर्स नामक संस्थाले बनाइदिएको बलियो घरमा बस्न पाउँदा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १ का रामप्रसाद सापकोटा दंग परेका थिए । जीवनको चार दशक अभाव, दुःख र ...
काठमाडाैं | मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएका नेतामा पर्छन्, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर ।
यतिबेला भूकम्पपीडित र प्रभावितहरूको अवस्थाले उनलाई निकै भावुक बनाएको छ । भूकम्पमा परी ज्यान गुमाउनेले त गुमाइहाले, बाँचेकाहरूको अवस्थालाई गम्भीरतापूर्वक लिएर उनी निरन्तर फिल्डमा खटिएका छन् । खासगरि उद्धार र राहतको चरणमा क्षतिग्रस्त इलाकामा पुग्दा जनार्दनले जे देखे ती तस्विरले उनलाई शीघ्र अस्थायी आवास निर्माण कार्यतर्फ तान्यो ।
सरकारले सहयोग गरिसकेपछि पनि प्रभावितसम्म पुग्न लाग्ने समय, कतिपय कानूनी प्रक्रियाका जटिलता र मानवीय ढिलासुस्तीले पीडितहरूको त्रिपालमुनिको बास लम्बिने देखेपछि उनले त्रिपालको कष्टकर जीवनलाई चाँडोभन्दा चाँडो अन्त्य गर्नुपर्ने निष्कर्ष निकाले ।
४०–५० को दशकमा रुकुम–रोल्पामा उनले जुन कारुणिक दृश्यहरू देखेर सशस्त्र युद्धको बाटो रोजेका थिए, भूकम्पपछिको रुकुमको दृश्य त्यो भन्दा अझ भयावह हुनु स्वाभाविक थियो । ६० र ७० को दशकमा देशव्यापीरूपमा राजनीतिक–सामाजिक जागरणको लहर जुन गतिमा विस्तार भयो सामान्यतया आर्थिक रूपमा पनि मानिसहरू सापेक्षिक ढंगले सबल बन्दै गए ।
आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिममा आर्थिक उत्पादन, विकास निर्माण र बजारीकरणमा पनि त्यत्तिकै महत्त्व दिने शर्माले सम्भवतः चाँडै समृद्ध रुकुमको सपना साँचेका थिए, तर भूकम्पपछि जसरी मानवीय र भौतिक क्षतिको अनपेक्षित तस्विर अगाडि आयो, त्यो सम्हालिन मुस्किल हुने खालको छ ।
भूकम्पपछिका त्यस्ता डरलाग्दा दृश्यबाट सामान्य मान्छेहरू विक्षिप्त र विचलित बनेपछि शर्माले आफूलाई अविचलित बनाउँदै पुनर्निर्माणको संकल्प बोकेका छन् ।
भूकम्पप्रभावित बस्तीहरूको पुनर्निर्माणका लागि निरन्तर फिल्डमा रहेका शर्माले यसक्रममा देखे/भोगेका कुरा तथा अनुभव लोकान्तरसँग बाँडेका छन् । बाँकी उनकै शब्दमा :
खासगरि एकसरो वस्त्रमा भूँइमा सुताइएका दूधे बालकहरू, सुत्केरी आमाहरू, जीवनको उत्तरार्द्धमा रहेर आफ्नो बुढ्यौलीका हरेक दिन छोटिँदै जाऊन् भन्ने कामना गरी त्रिपालमुनि वैराग्य मुडमा रहेका वृद्ध–वृद्धाहरूको अवस्था नाजुक छ । फूलजस्ता लालाबाला र जीवन भोगाइका अनुभवले परिपक्व बनेका दुईथरी पुस्ताको संरक्षण वास्तवमै चुनौतीपूर्ण छ ।
महिला, अपांग र बालबालिकाहरूले आफूलाई इतिहासकै असुरक्षित र संकटपूर्ण घडीमा रहेको महसुस गरिरहेका छन् । उनीहरूका लागि सर्वाधिक कष्टपूर्ण रहेको यो समय जतिसक्दो चाँडो अन्त्य गर्नुपर्छ भन्ने उद्देश्यले म आफैं कमान्डर बनेर यहाँको सिंगो पार्टीलाई स्वयंसेवक दलमा परिणत गर्ने निष्कर्षमा पुगेको हुँ ।
जल्दो बल्दो उमेर, राजनीतिक आस्था र आकांक्षा एवं युवावस्थाको जोशजाँगरका कारण कमान्डर बन्ने फरक सन्दर्भ हो, तर यतिबेला मेरो हकमा यी कुनै पनि कारण लागू हुँदैनन् । विशुद्ध मानवीय भावना र पवित्र चाहनाले प्रभावितहरूलाई जति सकिन्छ, चाँडो त्रिपालबाट अस्थायी छानोमा सार्न जिल्लाका आम नेता–कार्यकर्ता र युवा पंक्तिमा उत्साह तथा हौसला बढोस् अनि द्रुत गतिमा काम होस् भन्ने मनसायले जिल्ला पार्टीलाई स्वयंसेवक दल बनाएर आफैं त्यस स्वयंसेवक दलको संयोजक बनेको हुँ ।
कुनैबेला माओवादी जनसेनाको विशाल फौजको डेपुटी कमान्डर बनेको म अहिले ३१ सय जना स्वयंसेवकहरूको कमान्डर छु । पुनर्निर्माण आफैंमा निकै चुनौतीपूर्ण युद्ध हो । भूइँचालोले बस्ने घर नै ध्वस्त बनाएपछि हामीले पुनर्निर्माणको युद्ध जित्नैपर्ने छ । अहिले अस्थायी आवास निर्माणको चरण जारी छ, यसपछि स्थायी आवासका लागि अन्तिम लडाइँ लड्नुछ ।
एक महिनाभित्र अस्थायी आवास निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य राखे पनि १५ देखि २० हजार घर निर्माणलाई ३ हजार स्वयंसेवकले ३०–३५ दिनमा सक्ने कुरा त्यति सजिलो विषय छैन । तर, बिहान उज्यालो भएदेखि राति अँध्यारो नभएसम्म काम गरेर भए पनि छानाहरू निर्माण यतिबेला निकै जरुरी बनेको छ ।
भूइँको चिसो र खुला आकाशको शीतका अतिरिक्त त्रिपालबाट भित्र छिर्ने सिरेटो रोक्नुछ । मनभित्रको असहायपन, अनुहारको उदासीनता, वर्तमानको डरलाग्दो तनाव र भविष्यप्रतिको चिन्तालाई कम गर्नुछ । उद्धार र राहतको पहिलो चरणको सक्रियताले पश्चिम रुकुममा जनतामा आशाको सञ्चार भएको छ । दिनप्रतिदिन उनीहरूले नेता र पार्टीलाई अभिभावकका रूपमा महसुस गरेका छन् । हामीप्रति विश्वास र भरोसाको स्तर अझ बढेको छ । वास्तवमा जनताभित्रको अनिश्चयको माहोल कम गर्न, अप्ठ्यारोको अभिभावक र दुखःको भरपर्दो साथीका रूपमा रहन म स्वयं कमान्डर बनेर आमपार्टीलाई स्वयंसेवक दस्तामा परिणत गरिएको हो । यसले सन्देश मात्रै होइन, परिणाम पनि सकरात्मक दिनेछ ।
सबै काममा स्थानीय सरकार र स्थानीय प्रशासनको सक्रियतालाई बढाइएको छ । यसले सरकारी संरचना, दबाब समूहका रूपमा रहने राजनीतिक पार्टीहरू र अभिभावकका रूपमा रहने नेता कार्यकर्ताप्रति जनताको सम्मान बढ्छ र नेता कार्यकर्ताले जनताप्रतिको उत्तरदायित्व बुझ्न र बहन गर्न सक्छन् । सामाजिक एकता, मेलमिलाप, समाजको महत्त्व र सामूहिक शक्तिभित्रको असीमित सामर्थ्यका बारेमा आममान्छेले बुझ्न सक्छन् र समग्रमा हामीले सामूहिक संस्कारको विकास पनि यस्तै कठिनाइ र चुनौतीका बेला शुरूआत गर्न सक्छौं, जसको अभ्यास अहिले भइरहेको छ ।
शान्ति प्रक्रियाले पनि झण्डै दुईदशक भेट्टाउँदैछ । शान्ति प्रक्रियापछि जन्मेकाहरू अहिले मतदाता भइसकेका छन् । पार्टीहरूले भनिरहेको मिसन ८४ मा ती मतदाताहरू मत दिने ठाउँमा मात्र होइन, मत माग्ने उम्मेदवारका रूपमा समेत निर्वाचनमा सहभागी हुनेछन् । यसको मतलब, युद्धपछिको शान्तिमा पनि हामीले लामो समय पार गरिरहेका छौं । तर, यतिबेला फेरि मैले युद्धका ती दिनहरू सम्झेँ जतिबेला कतिपय बालबालिकाहरू गाँसबासको सुनिश्चितता नभएर पनि हामीसँग युद्धमा होमिएका थिए ।
केही पत्रकार साथीहरूले बालबालिकालाई युद्धमा किन सहभागी गराएको भन्ने प्रश्न तेर्स्याएपछि मैले जवाफमा भनेको थिएँ, यी बालबालिकाको जिम्मा तपाईं लिइदिनुस् । उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगार पनि होइन, गाँस, बास र कपासको मात्रै व्यवस्था गरिदिनुस् । त्यसपछि मैले साथीहरूलाई परिवारभित्रको गरिबी, अभाव र दबाबको पीडासहित उनीहरूको असुरक्षित जीवनबारे सुनाएको थिएँ । त्यो समयमा चरम गरिबीका कारण पनि कैयौं बालबालिकाको जिम्मा हामीले लिनुपरेको थियो ।
अहिले पनि भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ध्वंस गर्यो । त्यसबाट हजारौं मानिसहरू चरम गरिबीको चपेटामा छन् । उनीहरूसँग खान गाँस र बस्न बास छैन । पुस्तौंदेखिका जिन्सी धनमालदेखि भैपरी आउँदा काम लाग्ने भनेर छुट्ट्याएको स–सानो नगद रकम पनि उनीहरूसँग बाँकी रहेन । प्राकृतिक विपत्तिको यस घडीमा यहाँका लालाबाला र वृद्ध–वृद्धाहरूको जिम्मा हामीले लिनुपर्नेछ । त्यसका लागि निरन्तर खटिएको छु । खटी नै रहने छु ।
(भूकम्प प्रभावित क्षेत्रबाट लोकान्तरसँग गरिएको कुराकानीमा आधारित ।)
विसं २०७२ सालको त्रासदीपूर्ण भूकम्पपछि समरिटन्स पर्स नामक संस्थाले बनाइदिएको बलियो घरमा बस्न पाउँदा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १ का रामप्रसाद सापकोटा दंग परेका थिए । जीवनको चार दशक अभाव, दुःख र ...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...