३० जेठ २०८३, शनिबार
भूकम्पले निम्त्याएको विनाश

ग्राउन्ड जिरो: चिउरी गाउँको मुटु कमाउने दृश्य– शवको ताँती, दाउरा बोकेर घाट पुगे महिला

कात्तिक १९, २०८०
जाजरकोट
ग्राउन्ड जिरो: चिउरी गाउँको मुटु कमाउने दृश्य– शवको ताँती, दाउरा बोकेर घाट पुगे महिला

समय : आइतवार बिहान ७ बजे 

स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ) 

‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन, लैजाऊ भगवान्’, नलगाड नगरपालिका– १ चिउरीकी १५ वर्षीया रूपकली घेतमाल आफ्नी ठूलीआमाको शवअगाडि बसेर चिच्याइचिच्याइ रोइरहेकी थिइन् । परिवारका अन्य सदस्यहरू पनि रोइरहेका थिए ।

कसैले छोराछोरी गुमाएका थिए, कसैले अभिभावक, त्यहाँ कसैको आँखा ओभानो देखिएन । रूपकली र उनकी ठूलीआमा सँगै सुतेका रहेछन् । भूकम्प आएपछि दुवैजना सँगै उठेर भाग्दै थिए, त्यही क्रममा घर भत्किएर च्यापिए । रूपकलीलाई करीब २ घण्टापछि जीवितै उद्धार गरियो, तर उनकी ठूलीआमाको मृत्यु भयो ।

null

‘उनीहरू दुवैजना सँगै सुतेका थिए । ठूलीआमा च्यापिएको ठाउँमा बहिनी पनि च्यापिएकी थिइन् । सँगै पुरिएका उनीहरूलाई २ घण्टापछि निकालेका थियौं, ऊ बाँची तर ठूलीआमा गइन्,’ दाजु वीरबहादुले लोकान्तरसँग भने । 

ठूलीआमालाई घाटमा पुर्‍याउँदासम्म पनि रूपकलीको अवस्था त्यस्तै थियो । उनी छिनमा मुर्छा पर्थिन्, छिनमा ‘किन गयौ नि आमा ?’ भन्दै चिच्याउँथिन् ।

उनी मात्र होइन, चिउरी गाउँमा भूकम्पले घर भत्किँदा मृत्यु भएका १३ जनाकै परिवारमा यही हाल थियो । मृतक अधिकांश २२ वर्षदेखि २८ वर्ष बीचका रहेछन् ।

.....

शनिवारको रात खुला आकाशमुनि बिताएका स्थानीय आइतबार बिहानै जम्मा हुन थाले ।

अधिकांश रोइरहेका थिए, नरोएकाहरू पनि रुँदारुँदै थाकेर बल्ल सम्हालिएका देखिन्थे । ‘हुने हार दैव नटार’ भन्ने नेपाली उखान छ, त्यही निष्कर्षसहित बचेकाहरू आफन्तजनको अन्तिम बिदाइका लागि तयारीमा जुटे । 

null

आफन्तको अन्तिम संस्कारका लागि तयारीमा जुट्नेमध्ये एक थिए, दिनेश विक ।

२० वर्षीय दिनेशले भाउजू र भतिज गुमाएका रहेछन् । उनी हजुरबुवा, हजुरआमानजिकै सुतेका थिए । हजुरबुवा, हजुरआमालाई त उनले जोगाउन भ्याए, तर भाउजू र ४ वर्षीय भतिजलाई बचाउन सकेनन् ।

उनको खुट्टामा पनि चोट लागेको रहेछ । दिनेश कहिले भाउजू र भतिजको शवनजिक जान्थे, कहिले भत्किएको घर नियाल्थे । उनमा बेचैनी प्रस्ट देखिन्थ्यो । 

‘हजुरबुवा र हजुरआमालाई त बचाएँ, तर भाउजू र भतिजलाई बचाउन सकिनँ,’ उनले आँसु झार्दै भने ।

null

भारी मनले उनी भाउजू र भतिजलाई अन्तिम बिदाइको तयारीमा जुटेका थिए ।

‘दैवको अगाडि के लाग्दोरहेछ र, बेहोर्नैपर्‍यो । आँखाअगाडि भाउजू र भतिज झलझल्ती आउँछन्, जिउँदै छन् जस्तो लाग्छ, तर अगाडि लास छ,’ दिनेशले लोकान्तरसँग भने, ‘अब उनीहरूलाई बाँसमा बाँधेर लग्नुपर्ने छ ।’

null

दिनेशले काँधमा राखेर भाउजू र भतिजको शवलाई खोलामा पुर्‍याए । शवको ताँती नै निस्कियो ।

अधिकांश युवा विदेशिएकाले गाउँमा बचेखुचेका पुरुषहरूले शवलाई काँधमा राखे । महिलाहरू दाउरा बोकेर घाटतर्फ लागे । शवको ताँतीको हृदयविदारक दृश्य देखियो ।

null

अन्तिम संस्कारका लागि शवहरूलाई एकैसाथ नलगाड नदीमा पुर्‍याइएको थियो ।

नलगाड नगरपालिकाको कार्यालयबाट ४ किलोमिटर पर रहेको यो गाउँमा अहिलेसम्म स्थानीय तहका जनप्रतिनिधि समेत आइपुगेका रहेनछन् ।

दलित बस्ती भएकाले अधिकांशको आँखा आफूहरूमा नपर्ने गरेको उनीहरूको गुनासो थियो ।

null

दलित बस्ती भएकाले राज्यको आँखामा परेनौं– स्थानीय

शुक्रवार रातिको भूकम्पमा सबैभन्दा धेरै क्षति भएको ठाउँमध्ये एक हो, चिउरी ।

एउटै गाउँमा १३ जनाले ज्यान गुमाएका छन् । तर, स्थानीय प्रहरी र उद्धारकर्ता समेत त्यहाँ अहिलेसम्म गएका छैनन् । 

‘अहिलेसम्म कोही पनि आएका छैनन्, यो गरीब गाउँलाई हेर्न को आउँछन् र ?,’ स्थानीय मनिष बिकले लोकान्तरसँग भने ।

उनले केही परसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएको सुनेका छन् । तर, आफ्नो गाउँमा नआएकोमा उनको मन खिन्न छ ।

‘ठूला मान्छेले पनि राम्रो ठाउँ नै हेर्दा रहेछन्, हामीजस्ता गरीबको बस्तीमा किन आउँथे ?’ उनले लोकान्तरसँगको कुराकानीमा भने ।

१६० घरधुरी भएको चिउरीमा अधिकांश दलित छन् । अहिले सिंगै गाउँ कहिल्यै नभोगेको विपद् र शोकमा छ । 

हेर्नुहोस्, थप तस्वीर :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्