×

NMB BANK
NIC ASIA

कोरोना अस्पतालका सबै शय्या भरिए, थपिएका बिरामी कहाँ राख्ने ?

बैशाख ३१, २०७७

NTC
Premier Steels

बुटवल धागो कारखानाको कोरोना विशेष अस्पताल कोभिड–१९ का बिरामीले भरिएको छ ।

Muktinath Bank

अस्पतालको आइसोलेसनमा रुपन्देही र कपिलवस्तुका ३६ जना बिरामीको उपचार भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलबार एकैदिन रुपन्देहीका ९ र कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएपछि शय्याको अभाव खड्किएको छ ।


Advertisment
Nabil box
Kumari

अप्रत्याशित रुपमा रुपन्देही र कपिलवस्तुमा कोरोनाका बिरामी भेटिएपछि अब उपचार लागि शय्या अभाव देखिएको छ । अस्पतालका फोकल पर्सन तथा कन्सल्टेन्ट डा. सुदर्शन थापाले शय्या अभाव भएपछि मंगलवार कपिलवस्तुका ४ र रुपन्देहीका ५ जना बिरामीलाई भैरहवाको कोरोना उपचार अस्पतालको रुपमा विकास गरेको भीम अस्पतालमा बिरामीलाई पठाउनुपरेको बताए ।

Vianet communication

५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार प्रदेशमा १८४ आइसोलेसन शय्या, २६ आईसीयू र १२ वटा भेन्टिलेटर छन् ।

डा. थापाले भने, ‘आइसोलेनसका ३६ शय्या थिए । ती सबै भरिए, अब आईसीयूका ८ शय्या मात्र छन् । क्रिटिकल अवस्थाका बिरामीलाई मात्र आईसीयूमा राख्ने हो । यहीँ अवस्थाले बिरामी बढ्दै जाने हो भने थग्न सक्ने अवस्था नै रहँदैन ।’

मंगलवार रुपन्देहीको कोटहीमाईका पहिलो संक्रमित २५ वर्षीया युवा निको भएर घर फर्किएका छन् । कोरोना अस्पतालमा अहिले डाक्टरसहित २० जनाको मात्र जनशक्ति छ ।

उपयोगविहीन रहेको धागो कारखानालाई प्रदेश सरकारले कोरोना अस्पतालको रुपमा विकास गरेको थियो । बुटवलमा शय्या अभाव भएपछि ४ जना बिरामीलाई भैरहवाको भीम अस्पतालमा रिफर गरिएको छ । भीम अस्पतालमा अन्य बिरामीको पनि उपचार हुन्छ । जसले गर्दा अन्य व्यक्तिमा पनि संक्रमण फैलिने खतरा बढ्ने देखिन्छ ।

भीम अस्पतालका चिकित्सक डा. सुमित प्रजापतिले लुम्बिनी नगरपालिकाका ४ जना कोरोना संक्रमितलाई मंगलवार राति ११ बजे अस्पतालमा भर्ना गरिएको बताए ।

‘एउटै भवनमा अन्य उपचार र कोरोनाको उपचार गर्दा जोखिम बढी हुन्छ । यो अस्पताललाई कोरोनाका रुपमा विकास गर्दा प्रदेश सरकारले सोच्नुपर्ने हो । अहिले बिरामी नल्याउन भन्न पनि भएन,’ उनले भने । रुपन्देही र कपिलवस्तुमा अझै बिरामी बढ्ने देखिन्छ । भारतबाट लुकीछिपी आउने क्रम रोकिएको छैन ।

अस्पतालमा बिरामी भरिएपछि धागो कारखानामा २०० वटा आइसोलेसन शय्या थप गर्ने प्रदेश सरकारको तयारी छ । लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको अस्पताललाई विस्तार गरेर २०० शय्या थप्ने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । उनले कहिलेबाट काम शुरू हुन्छ भन्ने खुलाउन सकेनन् । ‘सरकारी प्रक्रिया हो । आजभोलिदेखि नै काम शुरू गर्ने भन्ने छ,’ उनले भने ।

रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै जाँदा कोरोना संक्रमित बिरामीको चापलाई मध्यनजर गर्दै शय्या थप गर्ने निर्णय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए । 

५ नम्बर प्रदेशका ४ वटा अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा विकास गरिएको छ । दाङ, नेपालगञ्ज, बुटवल र भैरहवाका ४ अस्पताललाई प्रदेशमा कोरोना उपचार गर्न तोकिएको छ । आवश्यक परे प्रहरी र सेना अस्पताल पनि उपयोग गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेशमा कोरानो संक्रमितको संख्या ७० पुगेको छ । कपिवस्तुमा २९, रुपन्देहीमा १७, बाँकेमा २४ बर्दियामा १ जना संक्रमित भेटिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x