२३ असार २०८३, मंगलबार

एकैदिन ५ जना संक्रमित भएपछि आत्तियो धनगढी उमनपालिका, बाहिरबाट आएका छुट्टै बस्नुपर्ने

जेठ ९, २०७७
एकैदिन ५ जना संक्रमित भएपछि आत्तियो धनगढी उमनपालिका, बाहिरबाट आएका छुट्टै बस्नुपर्ने

यसअघि सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित वैशाख २६ गते अघि निको भई घर फर्केपछि निकै खुकुलो पारिएको लकडाउन पुनः कडा पारिने भएको छ ।

परीक्षणको दायरा फराकिलो पारेसँगै पुनः एकै दिन ५ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा सतर्कता अपनाउन थालिएको हो । लकडाउनलाई थप कडा पारिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच पुन संक्रमण देखिएपछि धनगढी उपमहानगरपालिका एकाएक अत्तालिएको छ । राहतमा कुहिएको चामल प्रकरणमा अल्झिएको उपमहानगरपालिका संक्रमण पुष्टि देखिएसँगै शुक्रवार नगरबासीको नाममा प्रेस नोट जारी गरेको हो ।

जारी प्रेस नोटमा उल्लेख छ – ‘लकडाउनको पूर्ण पालना गर्न आमनगरवासीमा अनुरोध गर्दछौं । जोखिमसँग जुध्न हामी श्रोत साधनले भ्याएसम्म सतर्कता, पूर्वतयारी, चेकजाँचमा जुटेको व्यहोरा नगरवासीमा सादर निवेदन गर्दछौं ।’

त्यस्तै भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफन्तबाट अलग्गै रहन समेत उपमहानगरपालिकाले सुझाएको छ । अगाडी भनिएको छ – ‘भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफ्नो परिवारको सदस्य भएपनि २१ दिनसम्म घरमा छुट्टै राख्न, रुमाल, लत्ताकपडा लगायतका वस्तुहरुबाट सजिलै भाइरस सर्न सक्ने भएकाले एक अर्कोलाई प्रयोग गर्न नदिन अनुरोध गर्दछौं ।’

salt training

कमेन्ट गर्नुहोस्