
छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन्।
छोरीलाई विगतदेखि नै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि बुधबार बालिकाका बुबालाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
उनको थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने तामाङले जानकारी दिए।