×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम जेठ १८ मा ल्याउने भएको छ । गण्डकी प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गत प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जेठ १८ गते दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी सरकारका प्रवक्ता रामशरण बस्नेतले दिए ।

Muktinath Bank

उनका अनुसार यस वर्षको नीति तथा कार्यक्रम विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध केन्द्रित हुने गरी आउनेछ । जेठ १४ मा प्रदेश सभामा अर्थमन्त्री गुरुङले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सो प्रस्तुत गर्दै सरकारले हाल नयाँ योजनाभन्दा कोरोनाबाट बच्न, बचाउन र यसबाट सृजित समस्या समाधानतर्फ बजेट विनियोजन हुने बताएका थिए । जसमा चालू वर्षमा ३१ प्रतिशत हाराहारीमा खर्च गरेको सरकारले आगामी वर्षको बजेटमा अधिकांश प्राथमिकता दोहो¥याएको छ ।


Advertisment
Nabil box
Kumari

सरकार गठन भएकै वर्षदेखिका कतिपय प्राथमिकता अझै पनि निरन्तर छन् । चालू वर्षमै सक्ने भनिएको आधारभूत खानेपानी र ‘एक घर, एक धारा’ अभियान आगामी वर्षको पनि प्रमुख प्राथमिकतामा छ । प्रदेशभित्र मुटु, मृगौला, क्यान्सर, मातृ तथा बालरोगसम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण गर्ने कार्यक्रम सरकार गठन भएको दिन निर्णय गरिएको हो ।

Vianet communication

सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी बनाउन श्रोत र साधन सुनिश्चित गर्ने दाबी गरेको छ ।

‘क्वारेन्टाइनहरुको गुणस्तर र क्षमता बढाउने, उपचारको लागि विशेष अस्पताल स्थापना गर्ने, जिल्ला अस्पतालमा शैया थपेर सघन उपचार कक्ष स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिनेछ,’ प्रस्तुत सिद्धान्त र प्राथमिकतामा भनिएको छ ।

कोरोना महामारी र लकडाउन कारण मुलुकमा उत्पन्न असामान्य अवस्था तथा राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभाव आँकलन गरी बजेटका सिद्धान्त र प्राथमिकता तयार गरिएको अर्थमन्त्री किरण गुरुङले बताएका छन् ।

उनले प्रशासनिक र चालू खर्च घटाएर स्वीकृत दरबन्दीमा थप व्ययभार नहुने गरी प्रशासनिक संरचना तयार गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित आन्तरिक उत्पादन बढाउने, आयात प्रतिस्थापन गरेर निर्यात बढाउने, स्वरोजगार तथा रोजगारी सृजना गर्ने र गरीबी निवारणमा योगदान पुग्ने कार्यक्रमलाई आगामी वर्षको बजेटमा विशेष जोड दिइने गुरुङले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x