०४ साउन २०८३, सोमबार

महिला मृत फेला, हत्याको आश‌ंकामा तीन जना नियन्त्रणमा

महिला मृत फेला, हत्याको आश‌ंकामा तीन जना नियन्त्रणमा
प्रतिकार्यात्मक तस्वीर।

धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

विशालनगरस्थित आफ्नो घरको भान्साकोठामा २३ वर्षीया जयन्ती जोशी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि महिलाका श्रीमान्, सासू र नन्दलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्