×

NMB BANK
NIC ASIA

चीनका शीर्ष सैन्य अधिकारीले दिए ताइवानमाथि आक्रमणको धम्की

जेठ १८, २०७७

NTC
Premier Steels

ताइवानलाई स्वतन्त्र मुलुक बन्न नदिनका लागि अन्य उपाय नभएमा चीनले सैन्य आक्रमण गर्ने देशका एक शीर्ष सैन्य अधिकारीले बताएका छन् । 

Muktinath Bank

जोइन्ट स्टाफ डिपार्टमेन्टका प्रमुख तथा सेन्ट्रल मिलिटरी कमिसनका सदस्य ली झुओचेङले शुक्रवार बेइजिङमा भने, ‘शान्तिपूर्ण पुनरेकीकरणको सम्भावना भएन भने जनमुक्ति सेनाले ताइवानका जनतालाई समेत साथमा लिँदै कुनै पनि पृथक्तावादी षड्यन्त्र वा कार्यलाई दृढतापूर्वक ध्वस्त पार्नका लागि सबै आवश्यक कदम चाल्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी बलप्रयोग त्याग्ने प्रतिज्ञा गर्दैनौं र ताइवान जलप्रपातमा स्थिरता तथा परिस्थिति नियन्त्रणमा राख्न सबै आवश्यक उपायहरू अपनाउने विकल्प खुला राख्छौं,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

बेइजिङले हङकङका विषयमा राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि विश्वभर भइरहेको आलोचनाका बीचमा यी जनरलको कठोर अभिव्यक्ति आएको हो । 

Vianet communication

लीले पृथक्तावादविरोधी कानून पारित भएको १५औं वर्षगाँठको अवसरमा यो बयान दिएका हुन् । उक्त कानूनले ताइवान पृथक् भएमा वा हुन खोजेमा चीनलाई सैन्य कारवाही चलाउन कानूनी अनुमति दिन्छ । त्यसैले अब ताइवान जलप्रपात सम्भावित सैन्य मुठभेडको केन्द्र बन्न सक्ने देखिएको छ । 

चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि बलप्रयोग गर्ने कुरालाई कहिले पनि त्यागेको छैन तर बहालवाला शीर्ष सैन्य अधिकृतले यसरी सार्वजनिक स्थानमा स्पष्ट रूपमा धम्की दिएको चाहिँ दुर्लभ घटना हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x