×

NMB BANK
NIC ASIA

रुघाले सतायो ? अपनाउनुस् यी ५ सरल घरेलु उपाय

जेठ १९, २०७७

NTC
Premier Steels

मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेवित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्तन’ भएकाले यस्तोमा आधुनिक औषधीको प्रयोग आवश्यक छैन । बरु घर अथवा कार्यालयमै बसेर रुघाखोकीलाई कम गर्ने अनेक उपाय गर्न सकिन्छ । यसरी कम गर्न सकिन्छ रुघाखोकी:

Muktinath Bank

नाक बजाउनुहोस् : रुघा लागेको बेला नाकलाई नियमित रूपमा सफा गर्नु जरुरी हुन्छ । त्यसका लागि एकापटिको नाकको प्वाल पुरिने गरी माथिबाट हातका औँलाले थिच्ने र अर्को खुला नाकको प्वालबाट ‘सीँ’ गर्नु उचित हुन्छ । दुवै नाक यसैगरी सफा गर्नुहोसस् र यति गरिसकेपछि हात र नाक दुवै सफा गर्नुहोस् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आराम गर्नुहोस् : रुघाखोकीमा किन आराम गर्ने भन्ने लाग्न सक्छ । रुघाखोकीमा आराम गर्दा रुघाखोकी छिटो निको हुने सम्भावना बढी छ किनभने तपार्इँ आराम गरेर बस्दा तपाईँको शरीरको रोग प्रतिरोधात्मक क्षमता केवल रुघाखोकी नियन्त्रणमै मात्र केन्द्रित हुन्छ र छिट्टै रुघाखोकी निको हुन्छ ।


Advertisment
Nabil box
Kumari

कुलुकुल गर्नुहोस् (कुल्ला) : मनतातो पानीमा नुन ९सम्भव भए बिरेनुन ०हालेर कुल्ला गर्नुहोस् । यसले तपाईँको घाँटीभित्रको सुख्खा भागलाई स्वस्थ्य पार्न धेरै मदत मिल्छ । दिनको चार पटक यसो गर्नु ठिक हुन्छ । कुल्ला गर्ने पानीमा नुनसँगै मनतातो पानीमा कागती राख्नु उचित हुन्छ ।

Vianet communication

तातो तरल पदार्थ र फलफूल खानुहोस्: तातो पानी नियमति पिउँदा त्यसले बन्द भएको नाकलाई खुलाउन सहयोग गर्छ । अहिले त स्थानीय बजारहरूमा तुलसी लगायतका जडीबुटी राखिएका चियाहरू समेत उपलब्ध छन् । त्यस्तै, फलफूलमा पर्याप्त भिटामिन हुने भएकाले सबैखालका रोगसँग लड्दछ । तिनको सेवन गरे झनै राम्रो । यसर्थ, रुघाखोकीको बेला खासगरी सुन्तलजन्य फलफुल अत्यन्त लाभकारी हुन्छ ।

 वास्फस्नान: आम नेपालीहरूले तातो वाफको स्नान लिन उति व्यवहारिक छैन तर सम्भव भएसम्म तातो पानीले नुहाएर तत्कालै रुमालले पुछ्दा रुघाखोकीमा धेरै राहत हुन्छ । र, अर्को कुरा धेरैले रुघाखोकीमा सिँगान पुछ्ने रुमाल बारम्बार एउटै प्रयोग गर्ने गर्छन् । यो एकदमै गलत हो । एक पटक प्रयोग गरेको रुमाल दोहो-याएर प्रयोग नगर्नुस् । त्यसका सट्टा बजारमा उपलब्ध टिस्यु पेपर प्रयोग गर्नुस् । प्रयोग गर्नुस्, फाल्नुस् ।

यसो गरेमा तपाईँको रुघाखोकी सहजै निको हुन्छ । ख्याल राख्नुहोस् , प्रकृति आफैँमा ठुलो औषधालय हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x