०६ साउन २०८३, बुधबार

पोखरामा फलफूल र तरकारी भित्र्याउन छुट्टै मापदण्ड

जेठ १९, २०७७
पोखरामा फलफूल र तरकारी भित्र्याउन छुट्टै मापदण्ड
फाइल फोटो।

कोरोना भाइरस संक्रमण त्रास भन्दै आयातित फलफूल तथा तरकारी भित्र्याउन रोक लगाइएकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरेको छ।

महानगरले सोमबार कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारमा फलफूल तथा तरकारी भित्र्याउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको छ।

६ बुँदे सूचनामा फलफूल तथा तरकारीको खरिद दररेट मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने, महानगरको कुन स्थानमा झार्ने हो सो खुलाउनुपर्ने, तरकारी वा फलफूलको सवारीसाधनमा चालक र सहयोगी गरी मात्र २ जनाभन्दा बढी चढाउन नपाइने उल्लेख छ। 

यसअघि महानगरको ११ जेठको सर्वपक्षीय बैठकले कोरोना संक्रमण फैलनसक्ने भन्दै बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन नदिने निर्णय गरेको थियो। जसअनुसार काभ्रे, चितवन लगायतका जिल्लाबाट पोखरा भित्र्याइएको तरकारी पोखरा १५ का स्थानीयले जेठ १५ मा नियन्त्रण लिएर खाल्डो खनी गाडेका थिए।

वडाध्यक्ष प्रकाश पौडेलले तरकारी ओसारिपसार गर्दा कोरोना जोखिम उच्च भएकाले नष्ट गरिएको बताए। पोखरामै ६ ट्रक तरकारी खाल्डो खनेर गाडिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्