
तनहुँमा थप २ जना काेराेना संक्रमित भेटिएका छन्।
जिल्लाकाे ऋसिङ गाउँपालिका भै स्थानीय क्वारेन्टाइनमा बसेका वर्ष ३९ र ४० का पुरूषमा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरूलाई जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५६ पुगेकाे स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनाेदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए।
ती मध्ये ३ जना उपचारपछि निकाे भई घर फर्केका छन्।
गण्डकीमा राजधानीबाहिर पहिलाे पटक चैत दाेस्राे साता बागलुङकी १९ वर्षकी युवतीमा काेराेना भेटिएकाे थियाे ।