२३ असार २०८३, मंगलबार

गण्डकीमा कोरोना जितेर १० जना 'डिस्चार्ज'

जेठ २८, २०७७
गण्डकीमा कोरोना जितेर १० जना 'डिस्चार्ज'

गण्डकी प्रदेशका स्याङ्जा, लमजुङ र बागलुङमा गरी १० जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

आइसोलेसन वार्डमा रहेर उपचाररत रहेका संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित अस्पतालले डिस्चार्ज गरेको हो । 

डिस्चार्ज हुनेमा स्याङ्जाको गल्याङ नगरपालिकाका २ र वालिङ नगरपालिकाका १ जना छन् । गल्याङका पुरुषमा जेठ १८ गते कोरोना पुष्टि भएको थियो । 

वालिङका संक्रमितलाई जेठ १४ गते कोरोना पुष्टि भएको थियो । आइसोलेसन वार्डमा खटिएका स्वास्थ्यकर्मीले जेठ २२ गते पुनः स्वाब संकलन गरी पीसीआर जाँचका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाएका थिए । स्याङ्जा जिल्ला अस्पतालमा उपचाररत संक्रमितको रिपोर्ट नेगेटिभ आएको थियो । 

स्याङ्जाका कुल संक्रमितमध्ये पहिलो पटक ३ जना उपचारपछि निको भई घर फर्केका हुन् । जिल्लामा हालसम्म ३८ जना कोरोना संक्रमित छन् । तीमध्ये १ मात्र महिला छन् । उनको भीरकोटस्थित हेलुको कालिका सामुदायिक अस्पतलामा उपचार भइरहेको छ । 
बागलुङमा कोरोना संक्रमित ३ जना पुरुषसमेत उपचारपछि निको भइ बुधवार नै घर फर्केका छन् । धौलागिरि अस्पतालमा उपचाररत तमानखोला गाउँपालिकाका २ जना पुरुष छन् । उनीहरू २७ वर्षका छन् । 

बागलुङ बडीगाड गाउँपालिकाका वर्ष १९ र २० का २ जना पुरुष समेत डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरी जनाएको छ । बागलुङमा योसहित हालसम्म ६ जना बिरामी उपचारपछि निको भएका छन् ।

यसअघि नेपालमै पाँचौं र छैटौं संक्रमित भनिएका महिला (वर्ष १९ र ६५) वैशाख पहिलो हप्ता उपचारपछि घर फर्केका थिए । बागलुङमा हालसम्म ४० जना कोरोना संक्रमित भेटिएका छन् । २ हप्ताअघि पुष्टि भएका लमजुङका १ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

गण्डकीमा हालसम्म १४७ जना कोरोना संक्रमित पुगेकोमा निको भइ घर फर्किने १० जना छन् । 

गण्डकीमा बुधवार मात्रै नयाँ ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका स्थायी घर भई सो पालिकाको क्वारेन्टीनमा रहेको ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएकोमा दिउँसो गैंडाकोट नगरपालिकाका वर्ष २३ र २६ का २ जना पुरुष संक्रमित भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

गैंडाकोटका नयाँ २ संक्रमित स्थानीय नगरपालिकाको क्वारेन्टीनमा बस्दै आएकोमा कोरोना भेटिएपछि उपचारका लागि रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लगिएको छ । 

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा वालिङका ५८ वर्षीय पुरुषले कोरोना संक्रमण कारण ज्यान गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्