०५ साउन २०८३, मंगलबार

पर्वत पहिरोमा ८ शव फेला, १ बेपत्ता

जेठ ३२, २०७७
पर्वत पहिरोमा ८ शव फेला, १ बेपत्ता

पर्वतको दुर्लुङमा गएराति गएको पहिरोमा परी ८ जनाले ज्यान गुमाएका छन् भने १ जना बेपत्ता छन् ।

पहिरोमा पुरिएका अर्का एक जनाको उद्धारमा स्थानीयसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली निरन्तर खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सदरमुकाम कुस्मा नगरपालिका वडा ३, दुर्लुङमा शनिबार परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोमा स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पुरेको हो ।

पहिरोमा परी तुलबहादुरका ६ जना र कमलाको ३ जना परिवार सदस्य पुरिएका हुन् । जसमा ५८ वर्षीय तुलबहादुर थापासहित उनकी श्रीमती नीमकुमारी, ३० वर्षीया छोरी जिरापा थापा, नातिहरु वर्ष १७ का विवेक र वर्ष १५ का सम्राट तथा नातिनी वर्ष ८ की वीविसा थापाको शव फेला परेको छ ।

शनिबार राति नै तुलबहादुर, उनकी श्रीमती र नातिनीको शव भेटिएकोमा आइतबार अन्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख डीएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

यस्तै, छिमेकी २६ वर्षीया कमला बिकसहित ८ वर्षीया छोरी प्रमिशाको शव फेला परेको छ । अझै बेपत्ता उनका १२ वर्षीय जेनिस बिकको खोजीकार्य जारी रहेको डीएसपी पोखरेलले जानकारी दिए ।

घटनास्थल पर्वत सदरमुकाम कुस्मादेखि उत्तरी दिशामा पर्छ । गाडी र पैदल यात्रासहित करिब १ घण्टामा पुग्न सकिन्छ । सो क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्