×

NMB BANK
NIC ASIA

कोरोना मन्त्र : जहाँ भीड त्यहाँ कोभिड, नो भीड- नो कोभिड– डा. रवीन्द्र पाण्डे

असार १०, २०७७

NTC
Premier Steels

१. कोरोना लाग्दैमा मृत्यु हुँदैन। ८५ % संक्रमितलाई थाहै नपाइ वा सामान्य लक्षण देखिएर आफैँ निको हुन्छ। १० प्रतिशतलाई लक्षण अनुसारको सामान्य उपचारले निको हुन्छ। ५ प्रतिशतलाई सघन उपचारको आवश्यक हुनसक्छ।  २.५ प्रतिशत निको भएर घर फर्किन्छन्।  बाँकी २.५ प्रतिशतलाई जोखिम हुनसक्छ।

Muktinath Bank

२. उमेर र दीर्घरोग मात्र जोखिम बढाउने अवस्था हैनन्। दीर्घ मुटु, फोक्सो तथा किड्नीको रोग, औषधिबाट नियन्त्रण नभएका मधुमेह, उच्च रक्तचाप, दम तथा अटो इम्युन डिजिज भएका र उमेर बढी भएका व्यक्ति घरभित्र पनि आइसोलेसनमा बसेमा संक्रमण नहुन सक्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३. अहिलेसम्म कोभिड निको गर्ने स्पेसिफिक औषधि बजारमा आएको छैन। १०० प्रतिशत ठिक हुन्छ भन्ने रामदेवको भनाइ गलत छ। सानो स्यापल साइजमा तथा युवा उमेरका संक्रमितमा गरिएको क्लिनिकल ट्रयालको रिपोर्टको कुनै अर्थ छैन। ० प्रतिशत मृत्युदर तथा ३ दिनमै ६९ प्रतिशत कोरोना फ्री भएको भन्ने कुरा गलत छ।​पतंजलीको औषधिमा मिसिएको गुर्जो, अश्वगन्धा तथा तुलसी नेपालमा जहाँपनि पाइन्छ। यसले भाइरसलाई नष्ट गर्दैन। पतंजली व्यापारिक संस्था हो। उसका धेरै उत्पादन पछिल्लो समयमा गुणस्तरहीन छन्। हामीले कोरोनिल ट्याब्लेटले कोभिड निको हुन्छ भन्ने भ्रममा नपरौं।


Advertisment
Nabil box
Kumari

​त्यस्तै कोभिड निको गर्छु भन्दै कसैले दावी गर्छ भने प्रमाणित नभएसम्म त्यस्ता कुरा विश्वास नगरौं। आफ्नै देशमा भएका जडिबुटी सेवन गरेर रोगसँग लड्ने क्षमता बढाउँ।

Vianet communication

४. कोभिडविरुद्धको खोप १ महिनापछि तेस्रो फेजमा पुग्ने अमेरिकी वैज्ञानिक एन्थोनी फाउचीले बताएका छन्। यो २०२० भित्र खोप आउने विश्वास गरिएको छ। खोप नै यसको भरपर्दो समाधान हो।

५. तरकारी, फलफूल, खानेकुरा, पैसा आदिबाट सामान्य सतर्कता अपनाए कोरोना संक्रमण सर्दैन। यो रोग सर्न नदिनको लागि बन्द कोठामा संक्रमितसँग लामो समय कुरा नगर्ने, कार्यस्थलमा झ्याल-ढोका खोल्ने, भीडभाडमा नजाने, तथा आत्मबल बलियो बनाउने नै हो।

६. इम्युनिटी पावर बढाउन पोसिलो खाना खाने, व्यायाम गर्ने, पर्याप्त सुत्ने, घाम ताप्ने, सकारात्मक सोचको विकास गर्ने, चिन्ता नलिने, योग / ध्यान गर्ने गर्नुपर्दछ ।

७. डिजिटल डिस्टेन्स कायम गर्ने/ मिडियाको ब्रत लिने। आधिकारिक सूचना र विज्ञको सल्लाह सुन्ने बानी गर्ने । दिमागबाट कोरोना हटाउने। शारीरिक कोरोनाभन्दा मानसिक कोरोना धेरै घातक हुन्छ। शंका र अनावश्यक जिज्ञासा पाल्नु हुँदैन।

८. व्यवसायीले घाटा न्यूनीकरण गर्न वैकल्पिक पेशा अपनाउने। महँगो भाडा, ऋण तथा विविध खर्चलाई कटाएर तनावमुक्त हुने। रोजगारी गुमेका व्यक्तिले कृषिमा आफ्नो भविष्य हेर्ने।

९. लाख जना संक्रमित भएपनि तपाइँ संक्रमित नभएसम्म तनाब लिनुको अर्थ छैन। तपाइईँलाई संक्रमण भएपनि २-३ हप्तामा निको हुन्छ।| आफ्नो आन्तरिक क्षमतामा जहिले पनि विश्वास गर्नुपर्दछ।

१०. हामीले केहि वर्ष कोरोना भाइरससँगै बाँच्नु पर्ने हुनसक्छ। तसर्थ सरसफाई लगायत सुरक्षा विधि अपनाएर आफ्नो काम गर्नु बुद्धिमानी हुन्छ।| सहि तरिकाले नाक, मुख छोप्ने गरि मास्क लगाउने, ६ फिटको व्यक्तिगत दुरी जहाँ भएपनि कायम गर्ने र हात धोइरहने गर्दा यो रोग सर्दैन।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x