नेपालमा काेराेना संक्रमितकाे संख्या १४ हजार ५ सय १९ पुग्यो

फाइल फोटो।

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या १४ हजार ५ सय १९ पुगेकाे छ। पछिल्लाे २४ घन्टामा थप ४ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ६४ पुरुष र १ सय ९ महिला गरी कुल ४ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।


Advertisement

प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म पाँच हजार ३ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना उपचारपछि घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५३७ जनाको परीक्षण भएको छ ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्