सरकारले २८ औं प्रहरी महानिरीक्षक (आईजीपी)को रुपमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले एआईजी थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं आईजीपीका रुपमा नियुक्त गरेको हो।
बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरेका आईजीपी ठाकुर ज्ञवालीले अनिवार्य अवकाश पाउने भएपछि थापालाई आईजीपी नियुक्त गरिएको हो ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार बढुवा गरिएको हो ।
अतिरिक्त प्रहरी महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।
लोकान्तर संवाददाता