कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
काठमाडाैं | बैशाख १८, २०८१
नेपाली समाजमा एउटा उखान प्रचलित छ– बाबुको बिँडो थाम्नु । यसको अर्थ हो बुवाको असली उत्तराधिकार बन्नु । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएर बाबुको बिँडो थामेका छन् । बुवा सुवासचन्द्र नेम्वाङको निधन भएपछिको रिक्त स्थानमा उनकै छोरा सुहाङले बाजी मारेका हुन् ।
शनिबार मतदान भएर मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई झण्डै ६ हजार मतान्तरले पछि पार्दै सुहाङ विजयी भए । सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।
२०७९ को निर्वाचनमा सुवासले कांग्रेसका खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । अहिले छोरा सुहाङले फराकिलो मतान्तरमा जितेका छन् । खड्कालाई उनले ५ हजार ८३० मत अन्तरले जितेका हुन् ।
स्थायी समिति सदस्यसमेत रहेकी पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेलगायतका सिनियर नेतालाई पछि पार्दै सुहाङ इलाम–२ मा एमालेबाट उम्मेदवार बनेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङलाई इलाम २ को उम्मेदवार छान्दा परिवारवादको आरोप लागको थियो । तर अझ बढी मतान्तरमा विजयी भएर सुहाङले त्यो आरोपलाई फिका बनाउँदै लगेका छन् ।
एमालेका उपाध्यक्ष सुवासको गत भदौ २६ गते मृत्यु भएपछि यो क्षेत्र खाली थियो । यो क्षेत्रमा उनको विरासत उनकै छोरा सुहाङले थामेका छन् । यो क्षेत्रमा २०५६ सालदेखि सुवासले लगातार चुनाव जित्दै आएका छन् । सुहाङ बुवाको जीवनकालमा भने राजनीतिमा सक्रिय थिएनन् ।
काठमाडौंमा बसेर कानून व्यवसाय पेशा अंगालेका अधिवक्ता सुहाङ बुवाको निधनपछि भने जिल्लाका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने गरेका थिए । यसअघि सुहाङ अस्ट्रेलियामा अध्यययन गरेर नेपाल फर्किएका हुन् ।
बुवा सुवास फूटबलका फ्यान थिए । विशेषगरी उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीका समर्थक थिए । त्यसो त सुवास इलाम क्याम्पस पढ्दा त्यहाँको फूटबल टोलीको कप्तानसमेत थिए । यसर्थ बुवाको त्यो विरासत जोगाउन उनले फूटबल क्षेत्रमा समेत लगानी गरेका थिए ।
गत संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा उनले स्पोर्टिङ इलाम डे मेची क्लब किनेका थिए । स्व बुवाको फूटबलप्रतिको लगाबलाई जीवन्त बनाउन फूटबल क्लबमा लगानी गरेको उनले बताएका थिए ।
साथै सुहाङले कानून व्यवसायतर्फ पनि बुवा सुवासकै बिँडो थामेका छन् । आफ्नै बुवाको पदचाप पछ्याउँदै उनी वकिल बनेका छन् । चुनावी सभामा पनि सुहाङले बुवाकै पदचाप पछ्याउँदै कसैलाई गाली नगरी भोट माग्ने गरेका थिए । इलामका अधिकांश मतदाताले सुहाङ भोट माग्न आउँदा बाबु सुवासकै झल्को आएको बताएका थिए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...