०३ साउन २०८३, आइतबार
व्यवस्थाविरोधी आन्दोलनको दोस्रो दिन

तीनकुनेका रोचक दृश्यः ‘प्रसाईं समर्थक’ चिन्न मोबाइलको सहारा !

मंसिर ८, २०८०
काठमाडौं
तीनकुनेका रोचक दृश्यः ‘प्रसाईं समर्थक’ चिन्न मोबाइलको सहारा !

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता भन्दै प्रहरीले काठमाडौंको तीनकुनेमा पैदलयात्रीका मोबाइल चेक गरेपछिको आक्रोश हो यो । उनी थिइन् बौद्धतर्फ हिँडिरहेकी एक महिला ।

मोबाइल फोटो ग्यालरीमा बिहीवार प्रसाईंको कार्यक्रममा गएको भए फोटो र भिडियो हुन सक्ने र यही आधारमा आन्दोलनकारीको पहिचान गर्ने प्रहरीको तरिका थियो यो । तर तीनकुने आसपासमा हिँड्नेलाई प्रहरीको यो शैली मनपरिरहेको थिएन । तीमध्ये कोही आफ्नो पेशा गरेर बसेका थिए, कोही रेस्टुरेन्ट त कोही आफ्नो गन्तव्यमा पुग्नलाई लम्किरहेका थिए ।

null 

व्यक्तिले आफ्नो गोपनीयता खुलाउन नचाहे पनि आन्दोलनकारी चिन्न गरेको यो शैली कसैलाई पनि उचित लागेको देखिएन । कतिपय छिटफुट देखिने आन्दोलनकारी र बटुवासमेत प्रहरीको व्यवहारबाट हैरान थिए । 

पहिलो दिन बल्खुमा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को थालनी गरेको थिए । दोस्रो दिन तीनकुनेमा गर्दा भने यसको कुनै प्रभाव र रौनक थिएन । यसकाबीच प्रहरीले बाटो हिड्नेलाई अनुचित दुःख दिइरहेको आममानिसको आरोप थियो ।

null 

बौद्धतर्फ हिँडेकी ती महिला मात्रै होइनन् अन्य पैदलयात्रीलाई समेत सामान्य शंकामा प्रहरीले जबर्जस्ती खानतलासी गरेको थियो । आफ्नो गन्तव्यमा पनि हिँड्न नपाउने भन्दै जंगिएपछि ती महिलालाई भने प्रहरीले धरपकड गरेन । 

यत्तिकै सडकमा हेर्न आएको भनेका एक युवालाई केरकार गर्दै प्रहरीले जबर्जस्ती मोबाइलमा फोटो र भिडियो देखाउन लगायो । उनको आफ्नो ग्यालरीमा केही नभएको भनेर प्रहरीका जवानलाई देखाइरहेका थिए । उनीहरूभन्दा वरिष्ठ प्रहरी आएर ‘ल हिड्नुस्’ भनेर प्रहरी भ्यानमा कोच्न लगे । जबकि,उनी आन्दोलनकारी हुन् वा होइनन् भनेर प्रहरीका जवानले फोटो र भिडियो हेरिसकेका थिएनन् । 

प्रसाईंले प्रहरीको आदेशविपरीत तीनकुनेमा प्रदर्शन गर्ने अडान लिएका थिए । तर शुक्रवार बिहानैदेखि तीनकुने आसपासमा प्रहरीले कडा निगरानी गरेको थियो । कतै पनि आन्दोलनकारीलाई ढिम्किन दिएको थिएन । प्रहरीले शुक्रवार दिनभर यसैगरी तीनकुनेबाट आन्दोलनकारीका नाममा कबिर २२–२४ जना जतिलाई भ्यानमा हाल्दै प्रहरी चौकीतिर लगेको थियो । 

कतिसम्म भने तीनकुनेको रोयल रेस्टुरेन्टमा प्रहरीले अर्को रमिता देखाएको थियो । रेष्टुरेन्टमा दुई व्यक्तिले अर्डर गरेर खाउन्जेल प्रहरीहरू भित्रै कुरेर बसे । बाहिर निस्केपछि समातेर भ्यानमा हालेको थियो ।

null 

प्रसाईंको आन्दोलनको अर्को चिनारी थियो राष्ट्रिय झण्डा । यसैले सवारीमा राष्ट्रिय झण्डा राख्ने पनि प्रहरीको निशानामा परेका थिए । यस क्रममा मोटरसाइकलमा झण्डा राख्नेलाई पनि प्रहरीले भ्यानमा हालेर चौकी पुर्यायो । 

यतिमात्रै होइन तीनकुनेको रातोबत्तीमा रोकिएको एउटा गाडीमा राष्ट्रिय झण्डा देखिँदा प्रहरीलाई उस्तै हैरानी देखिएको थियो । स्कोरपियो गाडीमा आन्दोलनकारी आएको हुनसक्ने आशंकामा सोधपुछ गरेर प्रहरीले गाडीलाई छोडेका थिए । 

तीनकुनेमा प्रहरीले निक्कै निगरानी र सजगता देखाए पनि प्रसार्ईंको आन्दोलनको राप र ताप भने थिएन । दैनिक आवागमन सहजै चलेको थियो । सो ठाउँमा प्रदर्शनकारीभन्दा प्रहरी र सञ्चारकर्मीको संख्या उल्लेख्य थियो ।

null 

तीनकुनेमा प्रहरी र सर्वसाधारणबीच रोचक संवाद पनि देखियो । ‘तपाईं यहाँ किन आएको ?’, एकजना पैदलयात्रीलाई प्रहरीले सोध्छन्, ‘यहाँ रमिता हेर्न आएको हो ?’

उनी प्रहरीलाई रोचक व्यंग्य हान्दै तर्केर हिँड्छन्, ‘रमिता हेर्न आएको हो । बेरोजगार हो हामी, तपाईंले पो सरकारी जागिर खानुभएको छ । महिनैपिच्छे तलब आउँछ । हामी त सुको कमाउँदैनौं । बाउको कमाइ खाएर बसेका छौँ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्