×

NMB BANK
NIC ASIA

चिया निकासीमा सकस, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो

असार २६, २०७७

NTC
Premier Steels

कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने ‘स्वचालित’ ढङ्गले चिया निकासी हुन सकेको छैन ।

Muktinath Bank

चैतको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्यसपछि उद्योगीले चियाको ‘सिम्बोल’ पठाउँथे र चिया निकासी शुरु हुन्थ्यो । तर, यस वर्ष भने असार मसान्त हुन लाग्दासमेत चिया पठाउन सकस परेको छ । भारतबाट निकासी हुने चियामा समस्या हटे पनि नेपालकै अन्तर्राष्ट्रिय विनास्थलबाट पठाउने  चियामा भने समस्या रहेको चिया उद्योगी शरद सुब्बा बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हामी चीनलगायत तेस्रो मुलुकमा तयारी चिया पठाउँछौँ । तर, यो वर्ष अन्तर्राष्ट्रिय ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन,” सुब्बाले भने, “एक ठाउँमा सिम्बोल पठाए पनि कोरोनाका कारण चिया पठाउन भने सकेको छैन ।”


Advertisment
Nabil box
Kumari

त्यसो त चिया निकासीमा उद्यमीले सधैँ झन्झट खेप्नु नै पर्छ । कहिले भारतले नाका बन्द गर्दा त कहिले अन्तर्राष्ट्रिय बजारबाट माग नआउँदा, चिया निकासीमा समस्या पर्छ । यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नु पर्‍यो । अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग आएको छैन ।

Vianet communication

भारतको मुख्य बजार नयाँ कलकत्तामै कोरोना सङ्क्रमण बढेपछि अहिले चिया जान रोक लागेको अर्का उद्योगी तथा बिक्रेता गोपाल कट्टेल बताउँछन् । “मैले त अस्तीको दिनमात्र यो सालको पहिलो चिया पठाए”, कट्टेलले भने । सिजनकै समयमा कोरोना महामारी आइलागेपछि धेरैजसो उद्योगीले चिया पठाउन अझै पनि सकेनन् । चिया निकासी गर्न भन्सारमा समेत धेरै प्रक्रिया पु¥याउनु पर्नाले पनि सकस भएको देखिन्छ ।
     
यता, अर्का उद्योगी उदय चापागाईं भने निकासी खुले पनि अन्तर्राष्ट्रिय बजार पु¥याउन समस्या पर्ने गरेको बताउँछन् । “एकचोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो ।” चापागाईंले थपे, “तर, अहिले अवस्था सामान्य भइसक्यो ।”

नाका परिवर्तन गर्दा भन्सार खर्चिलो 
 
अन्तर्राष्ट्रिय बजारमा काँकडभिट्टा हुँदै चिया जाने गरे पनि अहिले जोगमनी नाकाबाट निकासी हुने गरेको छ । नाका परिवर्तन गरेर चिया लानु परेकाले भन्सारमा बुझाउने रकम भने खर्चिलो हुने गरेको उद्योगीको गुनासो छ । नाका परिवर्तन गरेपछि पहिलेको भन्दा रु ७० हजार हाराहारीमा खर्च बढी आउने गरेको सूर्योदय टी प्रोडक्सन एशोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए। यता, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई भर्ने बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब ६० किलो चिया घाटा लागेको बराबरको घाटा भएको बताउँछन् । बन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नुपरेको महासचिव राईको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x