संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो, कुन जिल्लामा कति थपिए?

फाइल फोटो।

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।


Advertisement

कुन जिल्लामा कति थपिए ?

सुर्खेत:  ४१
धनुषा: २७
कैलाली:   ११
कपिलवस्तु:    ९
रौतहट :  ९
ललितपुर:    ५
झापा :   ४
महोत्तरी:    ४
काठमाडौं:    ३
बाग्लुङ :   २
तनहुँ  :  २
बर्दिया:    २
दाङ  :  २
रुकुम पश्चिम:    २
दैलेख  :  २
बझाङ :   २
बैतडी  :  २
म्याग्दी :   २
मोरङ   : १
सुनसरी  :  १
सप्तरी   : १
भक्तपुर :   १
काभ्रे  :  १
दोलखा :   १
मकवानपुर :    १
सिन्धुली  :  १
पर्वत  :  १
स्याङ्जा :   १
बाँके  :  १
जाजरकोट  :  १
अछाम  :  १


Advertisement

संक्रमितमध्ये १० हजार २ सय ९४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत निको भएर डिस्चार्ज भएको जानकारी प्रवक्ता गौतमले दिए । 

हाल अस्पतालमा उपचाररत संक्रमितको संख्या ६ हजार ६१३ छ भने ३८ जनाको मृत्यु भएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्