×

NMB BANK
NIC ASIA

जो सबेरै परदेश जाने तयारीमा थिए

असार ३०, २०७७

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

व्यास नगरपालिका–९ माझफाँटका २४ वर्षीय मनोज थापा वैदेशिक रोजगारीका लागि दुबई जान झोलागुन्टा कसेर आइतबार राति सुतेका थिए । सोमबार बिहान काठमाडौं जाने साइत थियो । तर उठ्नै नपाई अस्ताए उनी । आफन्तसँग भेटघाट गरी बिदा मागेर सुतेका उनी सोमबार पहिरोमा परिवारका अन्य तीन जनासँगै पुरिए ।

Muktinath Bank

उनी ४० वर्षीया आमा कमला, २१ वर्षकी श्रीमती अञ्जना र २० वर्षीय भाइ राजेशसँगै पुरिएका हुन् । राजेश अझै बेपत्ता छन् भने तीन जनाको शव भेटिएको छ । बिहानै उठेर राति घरभित्र पसेको पानी तर्काउँदै थिए मनोजका आमाबुबा । मनोज, अञ्जना र राजेश सुतिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ः३० बजेतिर अचानक गर्ल्याम्म आवाज आयो, घर लडायो । बाबु केशवबहादुर थापाको खुट्टा थिचेजस्तो भयो । कमला, मनोज, अञ्जना र राजेशलाई घरले थिचिसकेको थियो । केशव भने जसोतसो भाग्न सफल भए । उनको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । ‘पहिरोले घरमाथिको भित्तोबाट माटोसँगै ४/५ वटा रूखहरू पनि ल्याएको रहेछ,’ स्थानीय सुदीप न्यौपानेले भने, ‘हिलो र रूखले घरलाई छोपेको थियो ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार वरपरका ४/५ वटा घरका परिवारहरू पनि आफ्नो ज्यान बचाउनमै लागिरहेका थिए । ‘सबैलाई आफ्नै ज्यान बचाउनेतिर ध्यान थियो,’ न्यौपानेले भने, ‘उनीहरूलाई बचाउने ख्याल नै आएन ।’ वर्षा लगातार भएको र पहिरोको कारण हिलाम्मे भएर हिँड्न नसक्ने अवस्थाले पनि उद्धारमा जान नसकिएको उनले बताए ।

Vianet communication

पहिरोबाट परिवारकै चार जनाको मृत्यु भएकोबारे अझै विश्वास गर्न नसकेको मनोजकी काकी कल्पना थापा बताउँछिन् । ‘हिजो (आइतबार) मात्र म विदेश जान लागेको, भोलि काठमाडौंका लागि निस्कने हो भन्दै थियो,’ उनले भनिन्, ‘आज सबेरै यस्तो देख्नुपर्‍यो ।’ मनोज गत माघमा दुबईबाट छुट्टीमा आएका थिए तर लकडाउनका कारण जान पाएका थिएनन् । अलिक सहज भएपछि उनले शुक्रबार वडा कार्यार्लयमा गएर काठमाडौं जाने सवारी पासको कागज बनाएका थिए ।

मनोजका भाइ राजेशले पनि प्लस टु सकेर विदेश जानका लागि पासपोर्ट बनाइसकेका थिए । ‘विदेश जाने प्रक्रिया उसले पनि चालिरहेको थियो, केही पैसा काठमाडौंमा बुझाएँ भन्थ्यो,’ कल्पनाले भनिन् । माँझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । व्यास–११ ओडारेका ५२ वर्षीय पदम भुजेल पहिरोले पुरिएर बेपत्ता छन् । व्यास–९ की २६ वर्षीया झनुमाया कुँवर घाइते भएकी छन् । उनको दमौलीमा उपचार भइरहेको छ ।

परिवारकै पाँच जनाको मृत्यु

सोमबारै रिसिङ गाउँपालिका–८ भैंसीकिलेमा अनबहादुर थापाको घर पहिरोले पुर्दा पाँच जनाको मृत्यु भएको छ । अनबहादुरका ३० वर्षीय छोरा भेषबहादुर, २९ वर्षीया बुहारी नानुमाया, २२ वर्षका छोरा महादेव, कान्छी बुहारी १९ वर्षीया मनिसरा र नातिनी ५ वर्षीया अमिशा मृत भेटिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

पहिरोमा परी घाइते भएकी ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ ।
यसैगरी म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ ।  सम्झना रसाइलीले कान्तिपुर दैनिकमा खबर लेखेकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x