चीनलाई घेर्न अमेरिकाले यस्तो रणनीति रचेको आरोप

दक्षिण चीन सागरमा चीन र अमेरिकाले युद्धाभ्यास गरिरहँदा भूलवश आमनेसामने भएर गरिने युद्धको खतरा बढेको विश्लेषकहरूले बताएका छन् । 

अमेरिकाले आफ्ना दुई युद्धपोत दक्षिण चीन सागरमा पठाउँदा उक्त क्षेत्रमा चीनसँग शीतयुद्धको स्थिति आउने पक्का भइसकेको छ ।
 


Advertisement

विज्ञहरूका अनुसार, अमेरिकाले दक्षिण चीन सागरमा सैन्य गतिविधि बढाउन सक्छ । चीनलाई घेर्ने अमेरिकी रणनीतिबाट बनेको भूराजनीतिक पासोमा दक्षिणपूर्वी एसियाका मुलुकहरू फस्नु नहुने चीनको भनाइ छ ।
 

नेसनल इन्स्टिच्युट फर साउथ चाइना सी स्टडीजका रिसर्च फेलो चेन सियाङमिआओले ग्लोबल टाइम्स पत्रिकालाई बताएअनुसार, अमेरिका र भियतनामले दक्षिण चीन सागरमा युद्ध शुरू गर्नका लागि आवश्यक पृष्ठभूमि तयार पार्न सक्ने बताए । 


Advertisement

चीन र भियतनामले सन् २०१९ मा वानान तानमा भिडन्त गरेपछि गरेदेखि अमेरिकी कूटनीतिकर्मी र मिडियाहरूले भियतनामको पक्षमा आवाज उठाइरहेका छन् । यसलाई अवसर बनाएर दुई देशले रक्षा र सुरक्षा साझेदारी बढाएका छन् । 

अमेरिकालाई दक्षिण चीन सागर अस्थिर बनाउनका लागि भियतनाम नयाँ एजेन्टका रूपमा खडा भएको र उसले भियतनाममा सेना तथा कोस्टगार्डको अड्डा बनाउन सक्ने, सूचना संकलन गर्ने, खोजी निगरानी गर्ने तथा सागरमा चिनियाँ गतिविधि रोक्ने काम गर्न सक्नेछ ।

दक्षिण चीन सागरबाहेक मध्य एसियामा चीनलाई रोक्नका लागि अमेरिकाले मानवअधिकारको कुरा उठाउन सक्ने  शांघाइस्थित फदान विश्वविद्यालयमा इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका डीन वु सिन्बोले बताए । 

अमेरिकाले ताइवान जलप्रपातमा समेत आफ्ना स्रोत परिचालन गरेर समस्या जन्माउन सक्ने उनले पूर्वानुमान गरे । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्