×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको आधा बजेट खर्च भएन, झण्डै १८ अर्ब जगेडा

साउन १२, २०७७

NTC
Premier Steels

गत आर्थिक वर्ष २०७६/७७ का लागि कर्णाली प्रदेश सरकारले विनियोजन गरेको ३४ अर्ब ३५ करोड बजेटमध्ये १७ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुन नसकी जगेडा भएको छ ।

Muktinath Bank

वर्षभरि कर्णाली सरकारले १६ अर्ब ३६ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । खर्च रकम कूल बजेटको ४७ दशमलव ६५ प्रतिशत मात्रै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुँजीगत तर्फको २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार बजेटमध्ये ९ अर्ब १२ करोड ७२ लाख २४ हजार ८४२ रुपैयाँ खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिलिप केसीले बताए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार सरकारले विनियोजन गरेको पुँजीगत रकममध्ये १२ अर्ब १६ करोड ६५ लाख ४७ हजार १५८ रूपैयाँ जगेडा भएको छ । 

Vianet communication

प्रदेश सरकारले चालूतर्फ विनियोजन गरेको १३ अर्ब ५ करोड ९६ लाख ५३ हजारमध्ये ७ अर्ब २४ करोड २० लाख ४० हजार २५४ रूपैयाँ खर्च गरेको छ भने ५ अर्ब ८१ करोड ७६ लाख १२ हजार ७४६ रुपैयाँ जगेडा भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७८ करोड १ लाख ९५ हजार ३३५ रुपैयाँ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १ अर्ब ३९ करोड २७ लाख १३ हजार ५२९ रुपैयाँ, सामाजिक विकास मन्त्रालयको १ अर्ब ९० करोड ७८ लाख ३२ हजार १९० रुपैयाँ, भौतिक पूर्वाधार विकास मन्त्रालयको ६ अर्ब १ करोड ९८ लाख ५ हजार ४५० रुपैयाँ जगेडा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ४ अर्ब ५ करोड ९२ लाख ५५ हजार ९०६ रुपैयाँ, आन्तरिक मामिला तथा कानून मन्त्रालयको २७ करोड १९ लाख ६४ हजार २९२ रुपैयाँ, कर्णाली प्रदेश सभाको ५ करोड ७९ लाख ५४ हजार १४८ रुपैयाँ, मुख्य न्यायाधिवक्ताको कार्यालयको ६८ लाख ६५ हजार २९४ रुपैयाँ, कर्णाली प्रदेश योजना आयोगको ४ करोड ४१ लाख ८७ हजार १८ रुपैयाँ जगेडा भएको छ ।

कर्णाली प्रदेश सरकारले साढे २ वर्षको अवधिमा एउटा चौमासिक र ३ वटा पूर्ण वार्षिक बजेट ल्याइसकेको छ । जसमध्ये १ आंशिकसहित २ वटा बजेट कार्यान्वयन अवधि पूरा भइसकेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ४ महिनाका लागि १ अर्ब २ करोड ५ लाखको बजेट ल्याइएकोमा २४ करोड ५ लाख रुपैयाँ खर्च हुन नसकेर जगेडा भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएकोमा १८ अर्ब ४७ करोड ६२ लाख ४७ हजार रुपैयाँ खर्च हुन सकेको थिएन ।
 
चालू आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले बर्सेनि बजेट खर्च गर्न नसक्नुले निराशा बढाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले बताए । ‘सरकारले जहिले पनि ठूलाठूला सपना देखाउँदै आइरहेको छ तर सरकारले देखाएका सपना थोरै पनि पूरा हुन सकेनन्,’ उनले भने, ‘नागरिकले बजेट नपाउने तर सरकारले भने केन्द्रबाट आएको बजेट पनि हरेक वर्ष केन्द्रमै पठाउने गर्नु दुःखद हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x