×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगरको बजेट खर्च प्रणालीमा सुधार हुँदै, सबै वडाका खाता रोक्का

साउन १२, २०७७

NTC
Premier Steels

वीरेन्द्रनगर नगरपालिका कर्णालीको एकमात्र सुगम नगरपालिका हो । यो पालिका प्रदेश राजधानीसमेत भएको पालिका भएको र राजनीतिक नेतृत्व अन्य पालिकाको तुलनामा अब्बल भएका कारण संघीयताको अभ्यास गर्न भन्दै वडामा वर्षेनी बजेटको निकासा दिन थाल्यो ।

Muktinath Bank

आर्थिक वर्ष २०७४/०७५ देखि वडामा वडा सचिवले सञ्चालन गर्ने गरी खातामा खोल्न लगाइयो । सो खातामा वडाका योजनाको बजेट पठाइयो । यस कार्यबाट वास्तविक रुपमा संघीयताको कार्यान्वयन वीरेन्द्रनगरले सुरू गरेको भन्ने प्रचार भयो । खाता सञ्चालन भएको दुई वर्षमा नै नगरपालिकाले वडा कार्यालयका खाता रोक्का गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार महालेखा परीक्षकको कार्यालयले वडा पालिकाबाट निकासा दिएको बताउँदै बेरुजु निकालेपछि बाध्य भएर खाता बन्द गर्नुपरेको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘साना साना कार्यक्रमका लागि नगरपालिकामा नै सेवाग्राहीको भीड बढाउन हामीले  चाहेका थिएनौं । वडा कार्यालयले दिएको बील भरपाइलाई महालेखा परिक्षकको कार्यालयले हेर्नै नमानेपछि बेरुजुमा उक्त रकम राखियो । जसले गर्दा बाध्य भएर हामीले वडा कार्यालयको खाता बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

Vianet communication

उनले वडा कार्यालयमा लेखाको दरबन्दी र अधिकृत स्तरको कर्मचारी भएको खण्डमा मात्रै खाता चिन्ने महालेखाले भनेको बताए । सोही अनुसार गतवर्ष पेश्की मात्रै दिएका कारण थोरै मात्रै बेरुजु आएको उनले बताए । ‘यद्यपी गत आर्थिक वर्षमा केही वडाका खाता बन्द नभएका कारण तीन करोड १३ लाख ४० हजार बेरुजु आएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा वडा नं. ४, ६, ९, १०, ११, १२ लगायतले खाता सञ्चालन गरेका थिए,’ उनले भने ।

उनका अनुसार साउन 2 गतेदेखि नै सबै खाता बन्द गर्न लिखित निर्देशन दिइसकिएको छ ।

विगतका वर्षमा हरेक वडामा दामासाही तरिकाले बजेट बाँड्ने गरिएपनि यो वर्ष न्यूनतम एक करोड प्रति वडा विनियोजन गरिएको थियो । बजेट तर्जुमा दिग्दर्शनमा दामासाही रुपमा बजेट वितरण गर्न  नपाइने भएपनि यसअघि गरिँदै आएकोमा यो वर्ष देखि दिग्दर्शनकै आधारमा बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

‘राजश्व संकलनको योगदान, जनसंख्या, सेवाग्राहीको चाप हेरेर थप बजेट वडामा विनियोजन गरेका छौं । जसमा एक करोड ७८ हजार देखि एक करोड ५५ लाखसम्म बजेट गएको छ,’ उनले भने, ‘वडामा गएको यो बजेट वडाबाट छनौट भएका योजनाका लागि हो । हामीले तोकेर पठाएको बजेट सिलिङ अनुसार ती योजनामा बजेट गएको हो ।’

कुन वडामा कति बजेट ?

आर्थिक वर्ष २०७७/०७८ का लागि वीरेन्द्रनगर नगरपालिकाले वडामा विकासका काम गर्न भन्दै २० करोड बढी बजेट विनियोजन गरेको छ ।  एक अर्ब ४२ करोड ९९ लाख ९१ ह्जार ८२३ कूल बजेट ल्याएको नगरपालिकाको चालू  बजेट ९० करोड छ । यो वर्ष गत वर्षको मौज्दात २३ करोड ७६ लाख रहने अनुमान नगरपालिकाले गरेतापनि त्यो अधिकांश बजेट खर्च हुँदा नगरपालिकाले घाटा बजेट ल्याएको हो ।

वडाको विकासका लागि वडा नं. १ मा एक करोड २८ लाख ३० हजार, २मा १ करोड २३ लाख ४६ हजार, तीनमा एक करोड ३७ लाख २ हजार, ४मा १ करोड १५ लाख, ५मा १ करोड ८ लाख ७० हजार, ६मा १ करोड ५५ लाख २० हजार बजेट विनियोजन भएको छ ।

त्यस्तै वडा नं. ७ मा १ करोड १५ लाख २४ हजार, ८ मा १ करोड ११ लाख ४६ हजार, ९ मा १ करोड २७ लाख १५ हजार, १० मा १ करोड ३३ लाख ७५ हजार, ११ मा १  करोड २१ लख ८४ हजार, १२ मा १ करोड २० लाख, १३ मा १ करोड ४ लाख ९२ हजार, १४ मा १ करोड २ लाख ८५ हजार, १५ मा १ करोड ९३ हजार र १६ मा १ करोड ७८ हजार बजेट गएको छ ।

नगरपालिकाका उपप्रमुख एवं कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाको बजेट खर्च प्रणालीलाई महालेखा परिक्षकको कार्यालयका निर्देशन अनुसार सुधार गरिएको बताइन ।

‘विगतमा देखाइएको बेरुजुलाई कार्यालयसँग बिल भरपाई हेरी बेरुजु फर्छ्यौट गरिदिन अनुरोध गर्छौं,’ उनले भनिन्, ‘आगामी वर्षदेखि हामी यस्तो गल्ती दोहार्‍याउँदैनौं । वडाका नागरिकले सानो योजनाको भुक्तानी लिन धेरै दुःख नपाउन भन्ने हिसाबले र नजिकको सिंहदरबारको आभाष नागरिकलाई होस् भन्ने चाहेर त्यो निर्णय गरेका थियौं । तर बेरुजु निकालिने भएका कारण हामी त्यो अभ्यासबाट एक कदमपछि फर्केका छौं ।’

अब नगरपालिकाबाटै नागरिकलाई थप सेवा सुविधा तीव्र रुपमा दिलाउन लागिपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x