२८ असार २०८३, आइतबार

स्थायी कमिटी सदस्यहरूलाई प्रचण्डको ब्रिफिङ– 'आजको भेला बैठकको निरन्तरता होइन, हामी मिल्छौं'

साउन १३, २०७७
स्थायी कमिटी सदस्यहरूलाई प्रचण्डको ब्रिफिङ– 'आजको भेला बैठकको निरन्तरता होइन, हामी मिल्छौं'
फाइल फोटो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अप्ठ्यारो अवस्थामा पुगे पनि एकता कायम राख्ने बताएका छन् ।

उनले आपसी सहमतिमै निकास खोज्ने भन्दै उत्तेजित हुने काम नगर्न आग्रह गरे । 

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट स्थायी कमिटी सदस्यको भेलामा प्रचण्डले एकता कायम राख्ने बताएका हुन् ।

‘यो बैठकलाई स्थायी कमिटी बैठकको निरन्तरताको रूपमा नलिनुहोला, यो विशेष भेला हो । हामी मिल्छौँ, उत्तेजित हुने काम कसैले नगरौं,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

प्रचण्डका सहयोगीहरूले भने बालुवाटार भेलालाई स्थायी कमिटी बैठकको रूपमा प्रचार गरेका छन् ।

भेलामा ओलीपक्षीय नेताहरू भने उपस्थित छैनन् । प्रचण्डले ओलीसँग भएको कुराकानीबारे भेलामा ब्रिफिङ गरेका छन् । 

नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने मंगलवारका लागि तय भएको स्थायी कमिटी बैठक बिहानै स्थगित भइसकेको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्