मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
शरीर छोप्ने प्लास्टिकको एप्रोन । मुखमा मास्क । टाउकोमा हेड क्याप । हातमा पञ्जा ।
पाल्पा चापपानीका विकास ढकालको हुलिया हो यो । पाल्पाबाट जागिर खोज्दै ४ वर्षअघि सुन्दरनगरी पोखरा झरे उनी । ३० वर्षीय ढकाल अहिले लेकसाइडको माउन्ट कैलाश रिसोर्टका वेटर छन् ।
उनलाई यहाँ काम गरेको पनि झण्डै ४ वर्ष बितिसकेछ तर २०७७ सालमा आएर उनले नौलो अनुभव गर्नुपर्यो ।
ग्राहकलाई विगतभन्दा फरक ढंगमा सेवा दिने तयारीमा छन् उनी । किनकि कोभिड–१९ बाट आफू पनि बच्नु छ, अरुलाई पनि बचाउनु छ ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम न्यूनीकरणका लागि उनले यसरी सुरक्षा विधि अपनाएका हुन् । भन्छन्, ‘अब फरक शैलीमा भए पनि कोरोनाको जोखिमबीच सेवा प्रवाह गर्नुछ । जीवन चलाउनु छ ।’
फेवातालको आडमै रहेको रिसोर्टमा ६० जना जति कर्मचारी कार्यरत छन् । अहिले एकतिहाइलाई मात्र डाँकिएको छ । अधिकांश बिदामा पठाइए पनि केही सरसफाइ तथा सुरक्षाको लागि निरन्तर कार्यरत थिए । वेटरजस्तै अन्य कर्मचारीले पनि आवश्यक सुरक्षा विधि अपाएका छन् ।
त्यति मात्र कहाँ हो र ? यहाँ छिर्ने ग्राहकले पनि नियम पालना गर्नुपर्छ । ग्राहकको सर्वप्रथम ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने, नाम, ठेगाना तथा मोबाइल नम्बर टिपिसकेपछि मात्र प्रवेश दिइने व्यवस्था गरिएको छ ।
रिसोर्ट सञ्चालक नरेश भट्टराईले अहिलेको अवस्थामा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिँदै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर होटल सञ्चालनमा ल्याएको बताए । आगामी सिजनको तयारीको रुपमा यसलाई लिन सकिने उनको भनाइ छ ।
..................
लेकसाइडकै पञ्जावी रेस्टुरेन्टमा कार्यरत छिन् एलिना श्रीपाली । कास्कीकी २२ वर्षीया एलिनाले यहाँ वेटे«स काम गरेको ३ वर्ष भएछ । लामो समयको लकडाउनपछि खोलिएको रेन्टुरेन्टमा सरसफाइसहित उनी यतिखेर टेबुल पुछ्दै छिन् ।
मास्कले छोपेको मुखबाट मसिनो स्वरमा उनले पहिलेभन्दा भिन्न अनुभव रहेको सुनाइन् । एलिनाले भनिन्, ‘कोरोनाले गर्दा के भयो भयो, ४ महिना त्यत्तिकै गयो । अहिले सरले बोलाएर आएकी हुँ । ग्राहक त छैनन् । तै पनि हामी ४–५ जना आएका छौं ।’
भारतबाट आएर पोखरामा पञ्जावी रेस्टुरेन्ट चलाउँदै आएका सञ्चालक हुन् विनयकुमार भगत । ‘सरकारले साउन १५ गतेदेखि रेस्टुरेन्ट खोल्न दिने अनुमति दिएकाले २ दिनदेखि खोल्न थालिएको हो । कारोबार त छैन, तैपनि सरसफाइ तथा आगामी सिजनलाई तयारी गर्नुपर्छ,’ उनले सुनाए ।
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा व्यवस्था कसरी अपनाइएको छ भन्नेबारे उनले भने, ‘ग्राहकलाई छिर्नुअघि मास्क प्रयोग छ/छैन हेर्ने, ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने गरिएको छ ।’
..................
कोरोना संक्रमण जोखिममा पनि सञ्चालनमा आएका होटल तथा रेस्टुरेन्टले यसरी थोरै संख्यामा मात्र कर्मचारी राखेर आंशिक सेवा दिन थालेका छन् । कोरोना संक्रमण फैलिन नदिन र आवश्यक सचेतनाका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड पनि अपनाइएको छ ।
सरकारले लगातार १२० दिन लामो लकडाउन साउन ७ गतेदेखि हटाउने निर्णय गरेसँगै होटल–रेस्टुरेन्ट समेत खोल्न दिने निर्णय गरेको थियो । सो बमोजिम साउन १५ गतेदेखि पोखरासहित देशभरका होटल तथा रेस्टुरेन्ट आंशिकरुपमै भए पनि सञ्चालनमा आएका हुन् ।
माउन्ट कैलाश रिसोर्ट र पञ्जाबी रेस्टुरेन्टले झैं लेकसाइडका अन्य होटल तथा रेस्टुराँले पनि यस्तै प्रकारको सुरक्षा विधि अपनाएर सेवा सञ्चालन थालेका छन् तर पर्यटकीय सिजन नभएको, लामो दूरीको सवारीसाधन सञ्चालनमा नआएको तथा हवाइ यातायात पनि ठप्प रहेको अवस्थामा कोरोना प्रभावअघिकै अवस्थामा जस्तो यो व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको छैन ।
पहिलो तथा दोस्रो दिन आंशिक रूपमा मात्र यहाँका होटल तथा रेस्टुरेन्ट खोलेको पाइयो । प्रायः ठूला होटल भने लकडाउन हटे पनि संक्रमण डर उत्तिकै रहेकाले अहिले नै पूर्णरुपमा सेवा दिन नसक्नै भन्दै खोलिएका छैनन् । उनीहरूले आगामी सेप्टेम्बरसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेर आन्तरिक तयारीमा जुटेको बताउँछन् ।
पश्चिमाञ्चल होटल संघले पहिलो दिन यहाँका करीब १० प्रतिशत होटल मात्र सञ्चालनमा आएका जनाएको छ । संघ अध्यक्ष विकल तुलाचनका अनुसार होटल व्यवसायहरू खुला गर्ने अनुमति आए पनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताए । केही साना होटल खुलेको र अन्य होटल बिस्तारै तयारीमा जुटेको उनले बताए ।
लामो समयदेखि बन्द भएका होटेल सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थापन लगायत कामलाई मात्र व्यवसायीले अघि बढाएको उनको भनाइ छ । पाहुना अभावमा अहिले नै पूर्णरूपमा चलाउँदा खर्चिलो हुने भएकाले व्यवसायीले सिजन कुरेको उनले बताए । तुलाचनले भने, ‘सरकारले भने बमोजिम साउन १५ गतेदेखि सेवा सञ्चालन भएको सन्देश त गयो तर अहिलेको समयमा संक्रमण जोखिम रहेकाले सिजनका लागि पूर्व तयारी भनेर बुझ्नुपर्छ । असोज लागेपछि मात्रै पर्यटकीय पहलपहल बढ्न सक्छ ।’
त्यसबेलासम्म होटेल सञ्चालकले कर्मचारीका लागि होटल सञ्चालन कार्यविधि, सुरक्षा मापदण्डलगायत विषयमा अभिमुखीकरण गराउने उनको बताए । साथै सरकारको पुनर्कर्जा सुविधाको पनि कार्यान्वयन पक्ष हेर्नुपर्ने उनको तर्क छ ।
होटल ल्यान्डमार्कका सञ्चालक राजु पाण्डेले आंशिकरूपमा कर्मचारी राखेर होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताउँछन् । हङ्ग्री आई रेस्टुरेन्टले आवश्यक कूक, वेटरसहित होटलमा क्लीनर, हाउस किपिङ, सेक्युरिटी गरी २२ जना कर्मचारी बोलाइएको छ । विगतमा १०४ जना कर्मचारी कार्यरत रहेकोमा पूर्णरूपमा सेवा दिन कठिन रहेकाले एकतिहाइ मात्र बोलाइएको पाण्डे बताउँछन् । यहाँ पनि सबै कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग वा हात धुने व्यवस्था मिलाइएको छ ।
‘होटलका ३ बिल्डिङमध्ये १ मात्र खोलिएको छ,’ उनले भने । ल्याण्डमार्कले चितवन सौराहामा ल्याण्डमार्क फरेन्ट तथा काठमाडौंको दरबार मार्गमा होटल ल्याण्डमार्क काठमाडौं समेत विस्तार गरेको छ ।
नेपाल पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई अहिलेकै अवस्थामा होटल रेस्टुरेन्ट खोलेर कोरोना संक्रमणको जोखिम निम्त्याउन नहुने तर्क गर्छन् । भारतमा संक्रमण दर बढेको हुँदा पोखरामा होटल खोलेको थाहा पाएपछि भारतीयहरू सुरक्षा खोज्दै यहाँ भीड लाग्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि अझै व्यवसाय सञ्चालन गर्नु उपयुक्त नहुने उनको धारणा छ ।
पोखरामा करीब ७०० वटा पर्यटकीय होटल छन् । तीमध्ये पश्चिमाञ्चल होटल संघमा आवद्ध ४०० वटा छन् । यहाँका सबै होटलमा ३० हजार बेड छन् । यहाँको समग्र पर्यटन क्षेत्रमा ४ खर्बको लगानी रहेको पर्यटन व्यवसायीको भनाइ छ । त्यसमा करीब ७५ अर्ब रुपैयाँ बराबर बैंक तथा वित्तीय संस्थाको लगानी छ ।
होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ, साहसिक गतिविधि, पर्यटन सवारी लगायत अन्य पर्यटनसँग सम्बन्धित व्यवसायीले यसअघि कोरोनाले प्रभाव पारेको भन्दै सहुलियत दरमा पुनर्कर्जा सुविधा माग गरेका थिए । सो विषय नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले सम्बोधन गरेको छ । व्यवसायी पनि सन्तोष नै छन् । तैपनि यतिखेर पर्यटकीय सिजन नभएको र कोरोना संक्रमण जोखिम कायमै रहेकाले पर्यटन व्यवसायीले अझै १–२ महिना पर्ख र हेरकै अवस्थामा रहने जनाइएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...