×

NMB BANK
NIC ASIA

ब्लू क्रस हस्पिटलमा डाक्टर रंगिनाले गरिन् पहिलो पटक दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने सफल शल्यक्रिया

साउन १७, २०७७

NTC
Premier Steels

जर्मन स्थित विश्व प्रसिद्ध किलयूनिभर्सिटिबाट स्त्री रोग बिशेषज्ञमा थपडिग्री हासिल गरी केहि बर्ष देखि वरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने विधी) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरी रहेकी डा. रंगिना लाईकंगबमले नेपालमा पहिलो पटक ब्लु क्रस हस्पिटलमा डे केएर हिस्टेरेक्टोमीको शल्यक्रिया सफलताको साथ सम्पन्न गरेकी छन् । 

Muktinath Bank

यस डे केएर हिस्टेरेक्टोमी प्रबिधिबाट शल्यक्रिया गर्दा विरामी विहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यक्रिया दुरबिनको माध्यमबाट गराई मात्र ६ देखि ८ घण्टामा हिँडेर नै घर फर्कन सकिने र बिरामीको समय निकै बचत भई आर्थिक रुपमा समेत फाईदा हुने डा. लाईकंगबमले जानकारी गराएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वको कयौं देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यक्रिया भईरहे पनि नेपालको हकमाभने डा. रंगिना लाईकंगबमले नै पहिलो पटक सफल शल्यक्रिया गरेकी हुन् ।


Advertisment
Nabil box
Kumari

 विदेशमा रहेर अध्ययन गर्दा देखेको अत्याधुनिक प्रबिधिले नेपाली दिदिबहिनीहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो पुरानो सपना अहिले आएर साकार भएको डा. लाईकंगबमले जानकारी दिइन् । 

Vianet communication

यस संगै डा.लाईकंगबम यस अत्याधुनिक प्रबिधिबाट डे केएर हिस्टेरेक्टोमी तथा अन्य डे केएर गाईनो सर्जरी गर्ने नेपालकै प्रथम  स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालको रुपमा प्रस्तुत भएको छ । 

नेपाली दिदिबहिनीहरुले आवश्यक परेको अवस्थामा विश्वस्तरीय यस किसिमको शल्यक्रिया ब्लुक्रस हस्पिटलमा गराउन सकिने समेत डा. रंगिना लाईकंगबमले थप जानकारी गराइन् । 

करिब ३ दशक देखि ‘सुरक्षित, स्तरिय एवंम सन्तुष्टि’ को मुल मन्त्र बोकी स्वास्थ्य सेवामा राष्ट्रलाई योगदान प्रदान गर्न त्रिपुरेश्वर–११ म अवस्थित ब्लुक्रस हस्पिटलले नेपालमा निजी क्षेत्रबाट सि.टि.एम.आर.आई तथा डाईलेसिस सेवा सुचारु गरी विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकबाट उत्कृष्ठ सेवा प्रदान गर्दै आईरहेको छ । 

आज भोलिको अत्यन्त व्यस्त समयको मागलाई आत्मसाथ गरी यस हस्पिटलले नविनतम प्रविधि मार्फत आवश्यक बिरामीहरुलाई सरल तथा सुविधाजनक स्वास्थ्य लाभको अवसर समेत प्रदान गर्दै आईरहेको अस्पतालले जनाएको छ । यसैलाई आत्मसाथ गर्दै अत्याधुनिक प्रबिधिलाई विस्तार गरीे उपचारमा लाग्ने समयलाई न्युनीकरण गर्न अस्पतालले नेपालमै पहिलो पटक डे केएर हिस्टेरेक्टोमी प्रबिधि भित्राएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x