×

NMB BANK
NIC ASIA

राजमार्गमा पहिरै-पहिरो : 'भगवान् भरोसा' मा सवारी गुडाउँछन् चालक

साउन १८, २०७७

NTC
धादिङको मलेखु र चितवनको मुग्लिन जोड्ने सडकखण्डको बीचमा पर्ने जवाङ खोला नजिक त्रिशुली नदीले कटान गरेको सडक। तस्वीर: नारायण ढुङ्गाना/रासस
Premier Steels

 मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटकपटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक पहिरो खसेको छ।

Muktinath Bank

भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग होस् या त्रिभुवन राजमार्ग धेरै स्थानमा पहिरो खसेको छ। यसपालि नागढुङ्गादेखि मुग्लिनसम्म भने अत्यधिक पहिरो छ। राजमार्गको भित्ता पहिराेले छियाछिया पारेको छ । सयौँ ठाउँमा पहिरो गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ । त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा छ । त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट आएको भेल पहिराेले सडकमा ठूलो क्षति गरेको छ । धेरैजसो स्थानमा ढल पुरिएकाले सडकमा भेलबाढी बगिरहेको छ ।


Advertisment
Nabil box
Kumari

कतिपय स्थानमा भने पहिरो खस्न ठिक्क परेको छ। कतिपय स्थानमा पहिरो खसेर जोखिम अवस्थामा रहेकाले सानो पानी पर्दा थुप्रिएको माटो बगेर सडक ठप्प पार्ने अवस्थामा देखिन्छ। सवारी चालक कृष्ण परियार भगवान् भरोसामा सवारी सञ्चालन गरिरहेको बताउँछन्। यसपालि मलेखुको पछिल्लो डेउडीसमेत खसेको छ।

Vianet communication

सडकको तल्लो तह पहिराले कटान गर्दा सडक एकतर्फी छ । कुरिनटारको बारवाङ खोलाको सतह गेगरले भरिएकाले राजमार्गको पुल नै जोखिममा छ। केही हप्ताअघिको बाढीका कारण धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुल छेउको सडक बगाएको थियो। अस्थायी रूपमा जालीसहितको पर्खाल लगाएर सडक सञ्चालन गरिए पनि जोखिम भने कायमै छ। 

'वर्षा भयो भने झुण्डिएका पहिराले थिच्ला भन्ने डर छ, बढी घाम लाग्दा माथि खस्न लागेका ढुङ्गाले हान्ला भन्ने डर छ, डराइडराइ सवारी चलाउनुपरेको छ,' ट्रक चालक परियारले दुःखेसो पोखे।

सडकमा यत्रतत्र खसेको पहिरो र थुप्रिएको गेगर नहटाउँदा थप जोखिम छ। धादिङको फुर्केखोलामा भने यसपालि सडकमै बाढी कुदेकाले माटो, बालुवा र गेगरले भरिएको देख्न सकिन्छ। वर्षा भएको केही दिन बितिसक्दा यहाँको पहिराले ल्याएको बाक्लो गेग्रान हटाइएको छैन।

राजमार्गभर लहरै पहिरो खसेर यात्रु र सवारी चालक त्रासमा यात्रा गर्न बाध्य छन्। सानो वर्षा हुँदा नै ठूलो खतरा छ । पहिरो खसेर सडकमा थुप्रिएको ढिस्को फ्याँक्न सकिएको छैन। कतै ठूलो ढुङ्गा खसेर सडकमा बज्रिएको छ। कतै सडक एकातर्फ सञ्चालनमा रहेको छ भने कतै खोल्सा नै सडकमा बगिरहेको छ। सडकभन्दा तल्लो भागमा नदीले कटान पनि गरेको छ। 

यसपालि पृथ्वी राजमार्गको धादिङ खण्डमा भने सयौँ पहिराे छन् । कतिपय भित्तो खसेको छ, कतिपय स्थानमा खोल्साले खोलेर बगाएको छ भने धेरैजसो भेल पहिरो सडक नै बगाउने गरी खसेको छ।

ठाउँठाउँमा पहिरो पन्छाउने क्रम जारी रहे पनि न्यून मजदुरले काम गरिरहेकाले सडकको यात्रा ठूलो जोखिममा रहेको छ । चितवनको कुरिनटारस्थित केवुलकारको तल्लो स्टेशन नजिक भने माथि खोस्रिएको ठाउँबाट भत्किएर ठुलो पहिरो खसेकाले त्यहाँको सडक जोखिमपूर्ण बनेको छ । अझै पनि पानी पर्दा यहाँ भने सडक ठप्प हुने देखिन्छ । भूगर्भविद् शिव बाँस्तोला पानी पर्यो भने पहिलेका पहिराे खसेको ठाउँ पनि सक्रिय हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउँछन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाको बेलामा समेत लामो यात्रा नगर्दा नै राम्रो हुने सुझाव दिन्छन्। 'मनसुन सक्रिय रहेकाले थोरै पानी पर्दा पनि धेरै खतरा हुन्छ,' पोखरेलले भने, 'यो बेलामा आफ्नो घर वरिपरि पनि सुरक्षित हुने गरी सावधानी अपनाउन र यात्रा गर्दा पनि विशेष ध्यान दिनुपर्छ।'

यसपालि भेल पहिरोले मुलुकमा ठुलो जनधनको क्षति पुर्याएको छ। भौतिक सम्पत्ति मात्रै होइन पहिरोले मानवीय क्षतिसमेत धेरै भएको छ। प्राधिकरणका अनुसार जेठ ३० पछि (मनसुन सक्रिय भएपछि) डेढ महिनाको अवधिमा मुलुकभर पहिरोले मात्रै १६३ जनाको ज्यान गइसकेको छ। पैँतालीस जना अझै हराइरहेका छन्। खोजी जारी रहेको जनाइएको छ। 

मुग्लिन–नारायणगढ सडकमा कम क्षति 

यसपालि नारायणगढ–मुग्लिन सडकखण्डमा भने विगत वर्षको तुलनामा कम पहिरो खसेको छ । आज राससको स्थलगत अनुगमनमा समेत मुग्लिनको सीमित क्षेत्रमा केही ठुलो पहिरो खसेको छ भने अधिकांश क्षेत्रमा पहिरो अडिएको देखिन्छ ।

कतिपय स्थानमा रक नेटिङका कारणले पनि पहिरो अडिएको पाइएको छ । कतिपय स्थानमा भने रुख विरुवा पलाउन थालिसकेको छ । यद्यपि चार किलो, जलविरेलगायत केही स्थानमा भने यसपालि पनि ठूलाठूला पहिरो खसेर पटकपटक सडक अवरुद्ध बन्यो।

जलविरेको पहिरो भने अझै राम्ररी हटिसकेको छैन। त्यहाँ सामान्य पानी पर्दा नै पानी जमेर ठुलो जोखिम हुने गरेको छ । चार किलोमा भने पटकपटक पहिरो खसेकाले यो वर्ष पनि बेलाबेलामा दुई-तीन दिनसम्मै सवारी जाम हुँदा यात्रुलाई सास्ती भएको थियो।

सत्र किलोलगायत दुई स्थानमा  दुई वर्षअघि भत्किएको सडक अझै नबन्दा सडक एकतर्फी नै छ । टोपेखोला, घुमाउनेलगायत धेरै स्थानमा भने यसपालि पहिरो अडिएको देखिन्छ तर जोखिम भने कायमै छ । कतिपय स्थानमा माथिबाट पहिरो र ढुङ्गा खस्ने अवस्था समेत देखिएको छ । 

मनसुन कमजोर बन्दै 

पछिल्लो केही दिनदेखि भने मनसुन कमजोर बन्दै गएको छ । अहिले लगातारको झरी हुने सम्भावना भने कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार लामो भारी वर्षा भने देखिँदैन। 

 केही ठाउँमा मात्रै हल्कादेखि मध्यम पानी पर्छ तर जोखिम भने  कायमै छ । मौसमविज्ञान विभागका अनुसार आगामी दिन प्रदेश १, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदुरश्चिमका  एक-​दुई ठाउँमा भारी वर्षा हुने अनुमान छ। -नारायण ढुङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x