अडी कारले असंवेदनशील विज्ञापन बनाएकोमा माग्यो क्षमा

जर्मनीको कार उत्पादन कम्पनी अडीले उच्चस्तरीय कारको अगाडि उभिएर बालिकाले केरा खाइरहेको विज्ञापनका लागि माफी मागेको छ । उक्त विज्ञापनको कठोर विरोध भएको थियो । 

‘हामीले तपाईंहरूको कुरा सुन्यौं र स्पष्ट पार्न चाहन्छौं कि हामी बालबालिकालाई ध्यान दिन्छौं,’ अडीले ट्वीटमा माफी माग्यो । ‘हामी यो असंवेदनशील तस्वीरका लागि हामी इमान्दारीका साथ माफी माग्छौं र यसलाई भविष्यमा उपयोग नगने सुनिश्चित गर्छौं ।’


Advertisement

आलोचकहरूले बालिकाको पोज उत्तेजक किसिमको र जीवन पनि खतरामा पर्ने खालको भएको बताए । 

कार चालकले त्यस पोजमा बसेको बालिकालाई नदेख्ने र दुर्घटना हुन सक्ने उनीहरूले बताए । 


Advertisement

अन्यले चाहिँ त्यो तस्वीरबाट यौन झल्किने किनकि केरा र स्पोर्ट्स कारलाई पुरुषको कामभावनासँग जोडिने गरेको बताए । 
 

अडीले अंग्रेजी भाषामा बनाएको स्लोगन छ : ‘तपाईंको मुटु अझ बढी धड्किनेछ, सबै पक्षमा ।’
 

अडीले यस्तो विज्ञापन कसरी प्रकाशित भयो भन्ने विषयमा छानबिन गर्ने बताएको छ । 

बीबीसीबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्