×

NMB BANK
NIC ASIA

दम्पती हत्या अभियाेगमा चार जना पक्राउ, चार लाख फिराैती दिएकाे खुलासा

साउन २६, २०७७

NTC
Premier Steels

९ दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्तलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ।

Muktinath Bank

गत साउन १७ गते मध्यरातमा बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षीया बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै अज्ञात समूहले हत्या गरेको थियो भने सोही आक्रमणका क्रममा बेलीदेवीका श्रीमान् ७० वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घाइते खातीको आइतबार राति कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकार खाती दम्पतीकै छिमेकी स्थानीय ५३ वर्षीय प्रकाश ऐर, अर्का स्थानीय ३५ वर्षीय दिनेश राना, बेलौरी नगरपालिका–६ हात्तीबोझाका २६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ वाणीका ४५ वर्षीय रवि राना (भर्रा) लाई सार्वजनिक गरेको छ ।

Vianet communication

पत्रकार सम्मेलनमा प्रवक्ता थापाले घटना छिमेकी प्रकाश ऐरको योजनामा भएको बताए। 'ऐरले झण्डै १४-१५ वर्षदेखि घनश्याम खातीलाई बोक्सीको आरोप लगाउँदै आएका रहेछन्,' थापाले भने, 'ऐरले नै हत्याको योजना बनाएर दम्पतीको हत्यापछि दुई चरणमा चार लाख रकमसमेत दिएको खुलेको छ।'

अभियुक्त ऐरको योजनालाई मुख्य रुपमा भर्रा भनेर चिनिने रवि रानाले सहयोग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

घटनामा अभियुक्त रवि राना धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने, स्थानीय दिनेश र होरी राना घटनाका बेला खातीका छोरा राजेश खातीलाई घर बाहिर मादक पदार्थ सेवन गराएर फकाउने भूमिकामा देखिएको प्रहरीले जनाएको छ। 'परिवारका सदस्यहरु बिरामी पर्न थालेपछि रवि रानासित योजना बनाएर अभियुक्त ऐरले हत्या गराएको हो,' प्रनाउ थापाले भने, 'घटना घटाइसकेपछि अर्को अभियुक्त दिनेश रानाले खातीका छोरा राजेशलाई राति घरसम्म मोटरसाइकलमा पु-याएका थिए।'

प्रहरीका अनुसार अभियुक्तहरुले छोरा राजेशलाई नै हत्यारा सावित गराउने प्रयासले नै राति मोटरसाइकलमा घरसम्म पु-याएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

खातीको घरमा पुगेर दम्पतीमाथि आक्रमण गर्ने अभियुक्त रवि रानालाई प्रहरीले आइतबार कृष्णपुर नगरपालिकाको गुलरिया क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । 'रविको घरबाट हत्या गरेबापत ऐरबाट लिएको डेढ लाख नगदसमेत बरामद गरेका छौँ,' उनले भने, 'हत्यामा प्रयोग भएका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छौँ।'

 प्रहरीका अनुसार अभियुक्तद्वय स्थानीय दिनेश र होरी रानालाई हत्यामा संलग्न भएबापत २५-२५ हजार दिने भनिएको थियो। अभियुक्त दिनेश शारीरिक रुपले अशक्त छन् । उनको दायाँ हात छैन ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x