०४ साउन २०८३, सोमबार

टिपरको ठक्करबाट एक बालकको मृत्यु

भदौ २, २०७७
टिपरको ठक्करबाट एक बालकको मृत्यु

दाङमा टिपरको ठक्करबाट एक  बालकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका– १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

भालुबाङबाट लमही जाँदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन्। तीव्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्