×

NMB BANK
NIC ASIA

कोरोनाको त्रास र निषेधाज्ञाका कारण अस्पताल आउनै छाडे बिरामी

भदौ १२, २०७७

NTC
Premier Steels

कोरोनाभाइरसको महामारीअघि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा दैनिक पाँचदेखि सात सयसम्म बिरामी आउँथे । बिरामीको चापका कारण बिहान ९ बजे नै अस्पतालको ओपीडी सेवा सञ्चालन हुन्थ्यो । नाम लेखाउन र टोकन लिन बिरामीहरू ८ बजे नै अस्पताल पुग्थे । ओपीडीका बिरामीको चेकजाँच गर्न डाक्टरलाई भ्याइनभ्याई हुन्थ्यो ।

Muktinath Bank

जनरल अपरेसन, नियमित चेकजाँच गर्नुपर्ने बिरामीले पनि सेवा पाउन घण्टौं कुर्नुपथ्र्याे । कोरोना भाइरसका कारण वैशाख ३१ गतेसम्म देशभरका अस्पतालले ओपीडी सेवा नै बन्द गरे । झण्डै तीन महिनासम्म लकडाउन भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन खुलेपनि बिरामी अस्पतालसम्म पुग्नका लागि यातायात सञ्चालन भएनन् । केही समय अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन भए । केही हप्तादेखि कर्णालीका सात जिल्लामा निषेधाज्ञा नै लगाइयो । जसकाकारण अस्पतालमा आउने बिरामी ह्वात्तै घटेका छन् ।


Advertisment
Nabil box
Kumari

पहिले दैनिक सात सयसम्म बिरामी आउने प्रदेश अस्पतालमा अहिले एक/डेढ सयमात्रै बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । ‘कोरोनापछि ओपीडीमा ७५ प्रतिशत बिरामी घटेका छन्, तर इमरजेन्सीका बिरामीको चाप पहिलेकै जस्तो छ,’ उनी भन्छन् ‘यातायात बन्द भयो, गम्भीर बिरामी अस्पताल आए, सानोतिनो उपचार गाउँ घरमै गराए ।’ 

Vianet communication

कोरोना त्रासका कारण अन्य अस्पतालले बिरामी प्रदेश अस्पतालमा रिफर गर्दा प्रसुतिका बिरामी बढेको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षमा ४८ सय बिरामीले सेवा लिएको अस्पतालको तथ्यांकले देखाउँछ । अस्पतालमा आउँदा कोरोना संक्रमण हुने त्रासका कारण पनि अधिकांश बिरामीले घरमै प्राथमिक उपचार गर्ने गरेका छन् ।

सामाजिक दुरी कायम गर्नुपर्ने, कोरोनाबाट आत्तिनु नपर्ने

पछिल्लो समयमा संक्रमण पुष्टि भएका दीर्घरोगी र वृद्धबाहेक अन्य प्रायः संक्रमित सामान्य छन् । ‘गम्भीर प्रकृतिका संक्रमित छैनन्, तर १९ जनामा लक्षण देखिएको छ,’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डाक्टर प्रदीप न्यौपाने भन्छन्, ‘कोरोना लाग्यो भन्दैमा डराइहाल्नुपर्ने अवस्था छैन, तर संक्रणमको दर रोक्नका लागि सचेत हुनैपर्छ ।’

पछिल्लो समय समुदायमा संक्रमण फैलिएका कारण बढी सचेत हुनुपर्ने उनको भनाइ छ । तर मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम गरेको खण्डमा भने आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । जुम्ला र सुर्खेतमा मात्रै होइन, कर्णाली प्रदेशका सबै २ हजार ३ सय १९ जना नै कोरोनाका कारण गम्भीर बिरामी थिएनन् । मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका ६ जनामा पनि अन्य कारण पनि उत्तिकै जिम्मेवार छन् । कोही आत्यहत्या र कोही दीर्घरोगका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

देशका अन्य स्थानमा लक्षणसहितका संक्रमित भेटिएका छन् । कतिपयलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपरेको छ । कतिपय अस्पतालमा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको छ, तर कर्णालीमा भने आजको दिनसम्म अवस्था सुखद् छ, कारण यहाँका कुनै पनि संक्रमितलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छैन । यो कर्णालीका लागि अत्यन्तै सुखद् पक्ष भएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x